संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी

Published on

काठमाडौं । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरूप बन्दै गएका छन्।

स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो,“यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरूपमा छैनन् । कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ । तरबारसमेत गर्न सकिएको छैन ।” स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताउनुहुन्छ । बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उहाँको भनाइ छ । “बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल जारी छ । बसपार्क पनि आवश्यक हो तर प्राकृतिक पोखरीको अस्थित्व जोगाउन पनि त ध्यान दिनुपयो । पोखरीलगायत यहाँका सम्पदा संरक्षणमा स्थानीय तह र सम्बद्ध पक्ष जागरूक हुनुपर्छ”, उहाँले भन्नुभयो ।

खोकना पर्यटकीय दृष्टिकोणले सम्भावित गाउँ भएकाले यहाँका पोखरी र परम्परागत तेल व्यवसाय बचाइराख्नुपर्ने स्थानीय सुरेश डङ्गोलको भनाइ छ । पोखरी भरणका लागि आवश्यक पानी ल्याउन बनाइएका राजकुलो पनि अतिक्रमणमा परेकाले पोखरी सुख्खा हुने समस्या रहेकाले त्यसको निरूपण गर्न ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भनाइ छ, “पोखरीमा राजकुलोबाट पानी आउनुपर्ने हो तर आजभोलि आउनै छाड्यो । पोखरी सुक्खा छन् । भएका पोखरीको संरक्षण गर्न सकिएको छैन । यसमा जिम्मेवार निकायको ध्यान जानुपर्छ । स्थानीयवासीले कुनै काममा निस्कँदा बाटोमा दायाँबायाँ पोखरी हेरेपछि शुभसाइत हुन्छ भन्ने मान्यतासहित यहाँ पोखरी निर्माण गरिएका स्थानीय जगत् डुङ्गोलले जानकारी बताउनुहुन्छ । त्यसैकारण बसपार्क छेउमा दायाँबायाँ खापोखरी र कमलपोखरी छन् । ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन महर्जन तेल व्यवसायमा परिचित खोकनाका पोखरीलगायत अन्य ऐतिहासिक सम्पदा जोगाउन जरुरी रहेका बताउनुहुन्छ । ऐतिहासिक तोरी पेल्ने मिल, पोखरी, मन्दिर र परम्पराको जगेर्ना गरी पर्यटन प्रवर्द्धनमा जोड दिन वडा कार्यालयले योजना बनाइरहेको बताउनुभयो । रासस

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...