स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित

Published on

काठमाडौं । नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।

नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेक र बर्दिबासस्थित मध्यपूर्वी हेडक्वार्टरको पहलमा नेपाली सेनाकै फिल्ड अस्पताल बर्दिबासले गाउँपालिका र विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरी शिविरमा ७०८ जनाले सेवा लिएका हुन् । सबैभन्दा धेरै बालरोग विभाग अन्तर्गत २३८ जना बालबालिकाको उपचार गरिएको छ । यस्तै, हाडर्जोनी तथा नशा रोगका ८० जना, दन्त रोगका ८५ जना, नाक, कान, घाँटीका ७० जना, सुगरका १३ जना, नसा तथा मनोरोग ओपिडीका ७ जना, स्त्री रोगका ८० र आँखाको समस्या भएका ५५ जनाको उपचार गरिएको छ । ५५ जनाले भिडियो एक्स(रे सेवा लिएका छन् । शिविरमा आएकाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधी पनि वितरण गरिएको भैरवीदल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले जानकारी दिनुभयो ।

गाउँबाट ठुलो सङ्ख्यामा मानिसहरू आएर उपचार सेवा लिएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा ग्रामीण भेगका गरिब तथा विपन्न वर्गका नागरिक खुसी भएको बताउनुभयो । शिविरमा परिचालित नगर अस्पताल लालबन्दीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामविश्वास रायले स्थानीय विपन्न परिवारका मानिसले लालबन्दी, बयलवास, मलङ्गवा लगायतका स्थानमा पुगेर लिनुपर्ने सेवा गाउँमै पाएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...