स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित

Published on

काठमाडौं । नेपाली सेनाले शनिबार सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । स्वास्थ्य शिविरबाट ७०८ जना लाभान्वित भएका छन् ।

नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेक र बर्दिबासस्थित मध्यपूर्वी हेडक्वार्टरको पहलमा नेपाली सेनाकै फिल्ड अस्पताल बर्दिबासले गाउँपालिका र विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरी शिविरमा ७०८ जनाले सेवा लिएका हुन् । सबैभन्दा धेरै बालरोग विभाग अन्तर्गत २३८ जना बालबालिकाको उपचार गरिएको छ । यस्तै, हाडर्जोनी तथा नशा रोगका ८० जना, दन्त रोगका ८५ जना, नाक, कान, घाँटीका ७० जना, सुगरका १३ जना, नसा तथा मनोरोग ओपिडीका ७ जना, स्त्री रोगका ८० र आँखाको समस्या भएका ५५ जनाको उपचार गरिएको छ । ५५ जनाले भिडियो एक्स(रे सेवा लिएका छन् । शिविरमा आएकाहरूलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधी पनि वितरण गरिएको भैरवीदल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले जानकारी दिनुभयो ।

गाउँबाट ठुलो सङ्ख्यामा मानिसहरू आएर उपचार सेवा लिएका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा ग्रामीण भेगका गरिब तथा विपन्न वर्गका नागरिक खुसी भएको बताउनुभयो । शिविरमा परिचालित नगर अस्पताल लालबन्दीका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। रामविश्वास रायले स्थानीय विपन्न परिवारका मानिसले लालबन्दी, बयलवास, मलङ्गवा लगायतका स्थानमा पुगेर लिनुपर्ने सेवा गाउँमै पाएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...