भन्सार राजस्व सङ्कलनमा कमी

Published on

काठमाडौं । चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा भैरहवा भन्सार कार्यालयले राजश्व सङ्कलनमा ५१ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालु आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य तोकेको छ । तर चालु वर्षको १० महिना पूरा हुँदा भन्सार कार्यालयले जम्मा ६५ अर्ब ९० करोड ७० लाख ९६ हजार रुपियाँ राजश्व संकलन गरेको छ । भैरहवा भन्सार कार्यालयले चालु वर्षका कुनैपनि महिनामा राजश्व लक्ष्य पूरा गर्न सकेन । वर्षको सुरुकै साउन महिनामा कार्यालयले ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार राजश्व संकलन गरेको थियो ।

साउन महिनामा संकलित राजश्व लक्ष्यको ७८ दशमलव ३० प्रतिशत हो । अरु महिनामा भने लक्ष्यको ७३ प्रतिशत भन्दा माथि राजश्व संकलन गर्न सकेको छैन । रकमको हिसाबले भने असोज महिनामा नौ अर्ब तीन करोड ८६ लाख ७३ हजार राजश्व संकलन भएको छ । यो रकमका हिसाबले अरु महिनाभन्दा बढी हो । असोजका लागि भन्सार विभागले १२ अर्ब ३२ करोड ९७ लाख ५६ हजार रुपियाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । विगतका वर्षहरुमा भन्दा बाहिरबाट आयात हुने वस्तुहरुको परिमाण घट्दै जाँदा राजश्व संकलन पनि घट्दै गएको छ । यद्यपि गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको १० महिनामा मुख्य १० वटा वस्तुको आयात भने बढेको देखिएको छ । भन्सार कार्यालयका अनुसार गत वर्ष भन्दा चालु आर्थिक वर्षमा मोटरसाईकल, जीप, कार र भ्यान, एलपी ग्यांस, विद्युतीय कार, जीप र भ्यान, पिकअप तथा डेलिभरी भ्यान लगायतको आयात बढेको छ । त्यस्तै पेट्रोल, ग्लेज टायल, एमएस विलेट, हाइस्पीड डिजेल, मार्वल लगायतको आयात भने घटेको छ ।

भन्सार कार्यालय बेलहियाका प्रमुख नारद गौतमका अनुसार आयात हुने मुख्य १० वटा वस्तुबाट चालु वर्षको १० महिनामा २८ अर्ब ३६ करोड ८४ लाख ५४ हजार रुपियाँ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षमा भने मुख्य १० वटा वस्तुबाट २५ अर्ब तीन करोड चार लाख ४९ हजार रुपियाँ राजश्व संकलन भएको थियो । त्यस्तै मुख्य १० वटा वस्तुको निकासी पनि चालु आर्थिक वर्षमा बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा भैरहवा भन्सार कार्यालयले पाँच अर्ब ८६ करोड ९९ लाख ७७ हजार रुपियाँ बराबरका मुख्य १० वटा वस्तुको निकासी गरेको थियो । आर्थिक वर्ष २०८०\८१ मा भने आठ अर्ब ३९ करोड ६३ लाख दुई हजारका मुख्य दश वस्तु निकासी गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७९\८० मा सात अर्ब ४३ करोड ५९ लाख ८० हजारका मुख्य दश वस्तु निकासी गरेको थियो । बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट मुख्य गरी सन्थेटिक यार्न, खैरो सिमेन्ट, सिमेन्ट क्लिङ्कर, विभिन्न वनस्पति उत्पादन, पिना, अल्कीड रेजिन तथा पिभिसी रेजिन, खोटो, चाउचाउ, प्लाईउड, जडिबुटी लगायत निर्यात हुँदै आएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...