विश्वासको मत लिने कार्यक्रमलाई प्रभावित नगर्न सभामुखको आग्रह

Published on

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको कार्यकारी प्रमुखले संसद् बैठकमा आफ्नो बहुमत परीक्षण गर्छु भन्दा त्यसलाई प्रभावित गर्न नहुने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । “संसदीय अभ्यासमा यस्ता बिजनेस हुन्छन्, जहाँ सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा आउनुपर्ने हुन्छ । केही दिनअघि मात्र हामीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सौहार्दता प्रस्तुत गरेका छौं” सभामुख घिमिरेले थप्नुभयो, “प्रधानमन्त्रीको विश्वासको मतको विषय पनि यस्तै हो । एक सातापछि नै बजेट ल्याउँदैछौं । मुलुकको कार्यकारी प्रमुखले आफ्नो बहुमत परीक्षण गर्छु भनेर सम्मानित संसदमा प्रस्ताव गरेको अवस्थामा यसलाई प्रभावित बनाउनु हुँदैन ।”

संसद् नेतृत्वको हिसाबले आफूले त्यसको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । सो विषयलाई गम्भीरतापूर्वक लिन उहाँले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउनुभयो । आजको सत्तापक्ष भोलि प्रतिपक्ष र आजको प्रतिपक्ष भोलि सत्तापक्ष हुने उहाँको भनाइ छ । त्यसैले प्रमुख प्रतिपक्षी दललाई वेटिङ इन गभर्मेन्ट भन्ने गरिएको उहाँले प्रष्ट पार्नुभयो । “आज कस्तो अभ्यास बसाउने, कस्तो परम्परा बसाउने भन्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ” उहाँले थप्नुभयो, “आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अवरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउन सक्छ । संसदीय छानबिन समिति गठनका लागि आवश्यक गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । “अब ध्रुवीकरण होइन, सहकार्य गर्नुपर्छ” उहाँले भन्नुभयो, “संसदमा मतभेद हुन्छन्, विषयमा बहसहरू हुन्छन् । तर, सँगसँगै सहमति गरेर अगाडि बढ्ने हाम्रो अभ्यास पनि छ ।” गोरखापत्र

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...