‘बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रा लागि गौरव’

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा उल्लेख छ, “शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास मैले लिएको छु ।” उहाँले सन्देशमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

उभौली पर्वको शुभकामना

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले सबै समुदायका नेपालीबिच सामाजिक र सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उभौली पर्वको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो । राष्ट्रपति पौडेलले यस प्रकारको सांस्कृतिक पर्वले मुलुकको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । किराँत समुदायको बाहुल्य भएको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्य रूपमा मनाउने गर्छन् ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...