‘बुद्धको जन्मभूमि नेपाल हुनु हाम्रा लागि गौरव’

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय भएको बताउनुभएको छ । उहाँले २५६८ औँ बुद्ध जयन्तीको शुभकामना दिँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा उल्लेख छ, “शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने विश्वास मैले लिएको छु ।” उहाँले सन्देशमा गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबिच शान्ति, सहअस्तित्व थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वभरिका मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

उभौली पर्वको शुभकामना

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले सबै समुदायका नेपालीबिच सामाजिक र सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उभौली पर्वको शुभकामना दिँदै उहाँले सो कामना गर्नुभएको हो । राष्ट्रपति पौडेलले यस प्रकारको सांस्कृतिक पर्वले मुलुकको सांस्कृतिक विविधतालाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबिच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । किराँत समुदायको बाहुल्य भएको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायले यो पर्वलाई भव्य रूपमा मनाउने गर्छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...