विद्यार्थीलाई बुद्धिचाल सिकाइँदै

Published on

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीको चौतर्फी विकासका लागि अहिले विद्यालयमै पुगेर बुद्धिचाल (चेस) खेल्न सिकाउन थालेको छ । विद्यार्थीलाई लक्षित गरी ‘१२ महिना १२ कार्यव्रम’ नाराका साथ नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सोही कार्यक्रम अन्तर्गत नगरभित्रका संस्थागत र सामुदायिक माध्यमिक विद्यालयमा गएर विद्यार्थीलाई चेस खेल्न सिकाउने एउटा समूह तयार गरेको छ । नगरपालिका खेलकुद विकास समितिका संयोजक सौरभ आचार्य, शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नवीन पौडेल, शाखाका स्रोत व्यक्ति सुदर्शन खतिवडा, नगरपालिका खेलकुद प्रशिक्षक प्रदीपनारायण प्रधान, विद्यालय शिक्षक अभिषेकप्रताप पौडेल र सुमन राई पछिल्लो समय दिनभर विद्यालयमा पुगेर विद्यार्थीलाई चेस खेल्न प्रशिक्षण दिन थाल्नुभएको छ । वार्षिक शैक्षिक पात्रोमा नै जेठ १४ गतेलाई बुद्धिचाल प्रतियोगिताको मिति तोकेर विद्यार्थीलाई प्रशिक्षण गराउन थालिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । नगरपालिका खेलकुद विकास समितिले नगरभित्रका दुई विद्यालयका शिक्षकलाई चेस स्कुल इन्स्ट्रक्टरको प्रशिक्षणसमेत दिएर परिचालन गरेको छ । भविष्यमा राम्रा खेलाडी उत्पादन गर्न विद्यालय तहमा प्रतियोगिताअगाडि प्रशिक्षण आयोजना गर्ने नीति नगर खेलकुद विकास समितिले लिएको खेलकुद विकास समितिका संयोजक आचार्यले जानकारी दिनुभयो ।

फिक्क्ल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक गङ्गाबहादुर महतले नगरले थालेको अभियानले विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको कृष्णाश्रम माध्यमिक विद्यालयबाट वैशाख २६ गते सुरु भएको प्रशिक्षण कार्यव्रम अन्तिम चरणमा आइपुगेको नगरपालिकाका चेस स्कुल इन्स्ट्रक्टर अभिषेकप्रताप पौडेलले जानकारी दिनुभयो । चेसले विद्यार्थीको मानसिक, बौद्धिक, रणनीतिक क्षमतामा वृद्धि गर्ने र विद्यार्थीलाई धैर्यवान् बनाउनुका साथै सोचेर निर्णय लिने, आइलागेको समस्या आफैँले समाधान गर्ने बानी विकसित गर्ने भएकाले चेसलाई महìवका साथ हेरिएको शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख भट्टराईको भनाइ छ । नगरपालिकाले प्रविधिमैत्री विद्यालय निर्माणमा जोड दिँदै आएको छ । बर्सेनि विज्ञान तथा गणित प्रदर्शनी गर्दै आएको नगरले अध्ययनसँगै खेलकुदमा विद्यार्थीलाई सव्रिय बनाउन नयाँ नयाँ कार्यव्रम सुरु गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०८३ साललाई नगरले खेलकुद वर्षका रूपमा मनाउने घोषणा गरिसकेको छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराएर २०८३ सालभरि नै खेलकुदका प्रतियोगिता गराइने छ । चेससँगै व्रिmकेट सिकाउन नगरले तयारी गरिरहेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...