बालविवाह न्यूनीकरणका लागि चार सय साथी शिक्षक तयार

Published on

काठमाडौं । बाल विवाह न्यूनीकरणका मधेस प्रदेश सरकारले चार सय जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक (रूपान्तरण चैम्पियन) तयार पारेको छ । मधेस प्रदेशमा बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसाको अवस्था बढ्दो रहेकाले यसको न्यूनीकरणका लागि साथी शिक्षकले जनचेतना फैलाउने काम गर्ने जनाएको छ ।

मधेस प्रदेशको तिन जिल्ला धनुषा,महोत्तरी र सप्तरीमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रभावकारी सञ्चार,तनाव व्यवस्थापन, लक्ष्य प्राप्त गर्दा आउने चुनौती ,जीवन उपयोगी सिप ,बाल अधिकारको प्रयोग ,लिङ्ग र लैङ्गिकता सहितका विषयमा प्रशिक्षक रामदेव ठाकुरले तालिम दिनु भएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो । उहाँले तालिम लिएका एक जान विद्यार्थीले आफ्नो विद्यालयका सय जना विद्यार्थीलाई तालिम लिएका विषयको बारेमा जानकारी गराउने बताउनु भयो । यसले गर्दा समाजमा हुने गरेको बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा सहितका विकृतिहरू न्यूनीकरण हुनुको साथसाथै विद्यार्थीहरूमा जीवन उपयोगी सिपको विकास हुने उहाँको भनाई छ ।

प्रत्येक जिल्लामा चार(चार वटा समूह बनाएर विभिन्न चरणमा पाँच दिन सम्म तालिम दिइएपछि विद्यार्थीहरूमा विद्यालयमा कुनै प्रकारको घटना हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने ,संविधानमा उल्लेखित बाल अधिकारलाई कसरी उपयोग गर्ने र जीवनमा असल नागरिक कसरी बन्ने विषमा तालिम लिएका विद्यार्थीहरूमा ज्ञान भएको रूपान्तरण कार्यक्रमका धनुषा संयोजक निल मणि शुक्लले जानकारी गराउनु भयो । उहाँले मधेस प्रदेशका तिन जिल्लाको १२ पालिकाका एक सय वटा विद्यालयका विद्यार्थीहरू तालिममा सहभागी भएको जानकारी गराउनु भयो । उहाँले उक्त कार्यक्रम मार्फत चार सय विद्यार्थीका साथसाथै दुई सय जना शिक्षक र तिन सय जना विद्यालयका गुनासो सुनवाइ समितिका पदाअधिकारीहरुलाई तालिम दिइएको बताउनु भयो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका,सहिदनगर नगरपालिका,मिथिला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका महोतरीको मनराशिसवा नगरपालिका ,एकडारा गाउँपालिका ,पिपरा गाउँपालिका र बर्दिबास नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका ,छिनमस्ता गाउँपालिका ,बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकामा उक्त कार्यक्रम संचालनमा रहेको छ । युनिसेफको सहयोगमा उक्त कार्यक्रमलाई लाइफ नेपाल नामक संस्थाले समन्वय गरेको थियो । गोरखापत्र

ताजा समाचार

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...

काभ्रेको श्वेत भैरव मन्दिर

काठमाडौं । काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा नं ५ खडपु वा श्रीखण्डपुरमा अवस्थित प्रख्यात श्वेत...

आठ हजार चालक रसिदकै भरमा सवारी कुदाउँदै

काठमाडौं । राजमार्गमा होस अथवा जुनसुकै सडकमा सवारी चलाउन चालक अनुमति पत्र अनिवार्य छ...