बालविवाह न्यूनीकरणका लागि चार सय साथी शिक्षक तयार

Published on

काठमाडौं । बाल विवाह न्यूनीकरणका मधेस प्रदेश सरकारले चार सय जना विद्यार्थीलाई तालिम दिएर साथी शिक्षक (रूपान्तरण चैम्पियन) तयार पारेको छ । मधेस प्रदेशमा बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसाको अवस्था बढ्दो रहेकाले यसको न्यूनीकरणका लागि साथी शिक्षकले जनचेतना फैलाउने काम गर्ने जनाएको छ ।

मधेस प्रदेशको तिन जिल्ला धनुषा,महोत्तरी र सप्तरीमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीलाई प्रभावकारी सञ्चार,तनाव व्यवस्थापन, लक्ष्य प्राप्त गर्दा आउने चुनौती ,जीवन उपयोगी सिप ,बाल अधिकारको प्रयोग ,लिङ्ग र लैङ्गिकता सहितका विषयमा प्रशिक्षक रामदेव ठाकुरले तालिम दिनु भएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनु भयो । उहाँले तालिम लिएका एक जान विद्यार्थीले आफ्नो विद्यालयका सय जना विद्यार्थीलाई तालिम लिएका विषयको बारेमा जानकारी गराउने बताउनु भयो । यसले गर्दा समाजमा हुने गरेको बालविवाह, दाइजो प्रथा, लैङ्गिक हिंसा सहितका विकृतिहरू न्यूनीकरण हुनुको साथसाथै विद्यार्थीहरूमा जीवन उपयोगी सिपको विकास हुने उहाँको भनाई छ ।

प्रत्येक जिल्लामा चार(चार वटा समूह बनाएर विभिन्न चरणमा पाँच दिन सम्म तालिम दिइएपछि विद्यार्थीहरूमा विद्यालयमा कुनै प्रकारको घटना हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने ,संविधानमा उल्लेखित बाल अधिकारलाई कसरी उपयोग गर्ने र जीवनमा असल नागरिक कसरी बन्ने विषमा तालिम लिएका विद्यार्थीहरूमा ज्ञान भएको रूपान्तरण कार्यक्रमका धनुषा संयोजक निल मणि शुक्लले जानकारी गराउनु भयो । उहाँले मधेस प्रदेशका तिन जिल्लाको १२ पालिकाका एक सय वटा विद्यालयका विद्यार्थीहरू तालिममा सहभागी भएको जानकारी गराउनु भयो । उहाँले उक्त कार्यक्रम मार्फत चार सय विद्यार्थीका साथसाथै दुई सय जना शिक्षक र तिन सय जना विद्यालयका गुनासो सुनवाइ समितिका पदाअधिकारीहरुलाई तालिम दिइएको बताउनु भयो । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका,सहिदनगर नगरपालिका,मिथिला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिका महोतरीको मनराशिसवा नगरपालिका ,एकडारा गाउँपालिका ,पिपरा गाउँपालिका र बर्दिबास नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका ,छिनमस्ता गाउँपालिका ,बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकामा उक्त कार्यक्रम संचालनमा रहेको छ । युनिसेफको सहयोगमा उक्त कार्यक्रमलाई लाइफ नेपाल नामक संस्थाले समन्वय गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...