पर्वतका पाँच हजार बालबालिकालाई आइपिभी खोप

Published on

काठमाडौं । पर्वतमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । यही जेठ १३ देखि २६ गतेसम्म पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले सबै तयारी पूरा गरेको जानकारी दिएको हो । कार्यालयका अनुसार जिल्लामा पाँच हजार सात सय बालबालिकालाई आइपिभी खोप लगाइने भएको छ । केन्द्रीय तथ्याङ्कमा पर्वतमा आठ हजार चार जना लक्षीत बालबालिकाहरुको तथ्याङ्क रहे पनी स्वास्थ्य कार्यालय पर्वतको तथ्याङ्क अनुसार पाँच हजार सात सय बालबालिका लाई आइपिभी खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बिचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । यस अभियानमा २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । दुई सातासम्म चल्ने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभी’ दिइने जनाइएको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । सो अवधिमा खोपबाट वञ्चित बालबालिकालाई पोलियोको जोखिम रहिरहने भएकाले सरकारले सो अवधिमा छुटेका बालबालिकालाई लक्षित गरी खोप लगाउने अभियान थालिएको कार्यालयले जनाएको छ । खोप अभियान देशै भर एकै पटक सञ्चालन हुन लागेको कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य पर्वतले खोप अभियान सञ्चालनका लागि पर्वतमा ७५ जना सुपरिवेक्षक परिचालन गर्ने जनाएको छ । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...