सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ : प्रमुख साह

Published on

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताउनुभएको छ । बिहीबार काठमाडौँको थायमरुस्थित रत्नकेतु महाबिहार पुनर्निर्माण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो शैलीमा सम्पदाहरुको पुनर्निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताउनुभयो । उहाँले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने जानकारी दिनुभयो । उहाँले महानगरपाकिला भित्रका सम्पदा पुनर्निर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भन्ने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन की भन्ने जस्तो लाग्दो रहेछ । म सधैँ भन्छु, एकै पटक सबै माग्नुस् । एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो ।,’’ प्रमुख साहले भन्नुभयो, ‘‘सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ । हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो । हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ । जीवनशैली पनि बढ्छ । सबैको इज्जत पनि बढ्छ । त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’’

प्रमुख साहले सम्पदा पुनर्निर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गर्नुभयो । महानगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि एकै पटक सबै बजेट मागदा दिँदैन की भन्ने आशङ्का नगरी एकैपटक बजेट मागेर सबै पुनर्निर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।

ताजा समाचार

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

काठमाडौं । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप...

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...