कतार च्यारिटीद्वारा अग्निपीडितलाई खाद्यान्न

Published on

काठमाडौं । सुनसरीको अग्नीपीडितहरुलाई राहत स्वरुप कतार च्यारिटीले खाद्यान्न सामग्री वितरण गरेको छ । चालू आर्थिक वर्ष २०८०\०८१ मा विभिन्न स्थानमा भएको आगलागीबाट घरबारविहीन बनेका १०३ अग्निपीडित परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको हो । कतार च्यारिटीको सहयोग तथा सामाजिक जीवन केन्द्र नेपाल(एसएलसी)नेपालको आयोजनामा कोशी गाउँपालिकामा एक कार्यक्रमका बिच अग्नीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको छ । यसअघि संस्थाले सप्तरी र सुनसरी जिल्लामा भएको आगलागीबाट घरबारविहीन, एकल तथा विपन्न महिलालाई खाद्यान्न सामग्री राहत वितरण गरेको थियो । स्थानीय सरकार, सुरक्षा निकाय, स्थानीय स्वयंसेवक तथा सहयोगीहरुको सहभागीतामा अग्निपीडितलाई कतार च्यारिटीको सहयोगमा एसएलसी नेपालले खाद्यान्न राहत वितरण गरेको एसएलसी नेपालका दिनेश साहले जानकारी दिनुभयो । कोशी गाउँपालिकाको जमुवामा आगलागीबाट घरबारविहीन बनेका अग्निपीडितलाई खाद्यान्न राहत वितरण कार्यक्रममा कोशी गाउँपालिकम अध्यक्ष ऐयुव अन्सारी, एसएलसी नेपालका अध्यक्ष हजरत मंसुरी, कतार च्यारिटी प्रतिनिधि मुजाहिद अन्सारी, अन्नाउला अन्सारीसहितको उपस्थिति रहेको थियोे । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...