तेह्र वर्षमा पनि सकिएन दामाचौर पुल

Published on

काठमाडौं । चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने मोटरेबल कालिगण्डकी पुल दामाचौर हो । दुई देशसँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिगण्डकी मोटरेबल पुल १३ वर्षमा जम्मा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका –८ दामाचौर, स्याङजा–रामुर –६ लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौँले तीन वर्षमा काम सक्नेगरी सम्झौता गरको थियो । दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्नेगरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०–६० मिटरका तीन स्पाममा १८१ दशमलब ६९ मिटर लम्बाइ रहेको पुलको बिचमा दुईसहित चार पिल्लर राख्नेगरी काम थालेको थियो ।

वेल फाउण्डेसन डीजाइनमा काम गर्नेगरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिलर राखेर नदीको मध्यभागमा पीलर बनाउने क्रममा डिजाइनअनुसार काम अघि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो । डिजाइनअनुसार वेल १५–१५ मिटर जमिनमुनी दब्नु पर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको जनाएको छ । डिजाइन फेलबाट मोटरेबल पुल अलपत्र परेको समाचार २०७६ फागुन १५ गतेको गोरखापत्र दैनिकमा प्रकाशन भएसँगै पुल महाशाखाले २०७८ मा वेल फाउण्डेसनको ठाउँमा पाइल फाउण्डेसनमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीलाई दिएको थियो । सम्झौताको नौ वर्षपछि पुल महाशाखाले डीजाइन परिवर्तन गरेसँगै निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता बढाएको थियो । तीन बर्षमा सकिने काम धेरै वर्षमा तीव्रता पाएको बताउँदै सडक डिभिजनका इन्जिनियर प्रताप माकाले पुलको एक स्पानमा ट्रस हाल्न अझै बाँकी रहेको बताउनुभयो ।

पुलको दुई स्पानमा सेलेप ढलान र पहुँच मार्ग निर्माण, रङरोगन बाँकी रहेको इन्जिनियर माकाले बताउनुभयो । दामाचौर पुलका निर्माण व्यवसायी श्याम केसीले पुल निर्माणमा ढिलाइ हुनुको कारण बजेटको अभाब भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...