तेह्र वर्षमा पनि सकिएन दामाचौर पुल

Published on

काठमाडौं । चीनबाट गण्डकी प्रदेश हुँदै भारतसँग सिधा सम्पर्क जोड्ने मोटरेबल कालिगण्डकी पुल दामाचौर हो । दुई देशसँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिगण्डकी मोटरेबल पुल १३ वर्षमा जम्मा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माणाधीन मोटरेबल पुल चापाकोट नगरपालिका –८ दामाचौर, स्याङजा–रामुर –६ लुम्बिनी प्रदेश हुँदै भारतीय सीमा सुस्ता जोड्ने पुल हो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौँले तीन वर्षमा काम सक्नेगरी सम्झौता गरको थियो । दामाचौर पुल भ्याट बाहेक १५ करोड ६८ लाख १३ हजार २६६ रुपियाँ ६० पैसामा निर्माण सक्नेगरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०–६० मिटरका तीन स्पाममा १८१ दशमलब ६९ मिटर लम्बाइ रहेको पुलको बिचमा दुईसहित चार पिल्लर राख्नेगरी काम थालेको थियो ।

वेल फाउण्डेसन डीजाइनमा काम गर्नेगरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएको इलाइटले दुई छेउका पिलर राखेर नदीको मध्यभागमा पीलर बनाउने क्रममा डिजाइनअनुसार काम अघि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको थियो । डिजाइनअनुसार वेल १५–१५ मिटर जमिनमुनी दब्नु पर्नेमा पाँच मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको जनाएको छ । डिजाइन फेलबाट मोटरेबल पुल अलपत्र परेको समाचार २०७६ फागुन १५ गतेको गोरखापत्र दैनिकमा प्रकाशन भएसँगै पुल महाशाखाले २०७८ मा वेल फाउण्डेसनको ठाउँमा पाइल फाउण्डेसनमा पुल निर्माणको जिम्मा निर्माण कम्पनीलाई दिएको थियो । सम्झौताको नौ वर्षपछि पुल महाशाखाले डीजाइन परिवर्तन गरेसँगै निर्माण कम्पनीले पुल निर्माणमा सक्रियता बढाएको थियो । तीन बर्षमा सकिने काम धेरै वर्षमा तीव्रता पाएको बताउँदै सडक डिभिजनका इन्जिनियर प्रताप माकाले पुलको एक स्पानमा ट्रस हाल्न अझै बाँकी रहेको बताउनुभयो ।

पुलको दुई स्पानमा सेलेप ढलान र पहुँच मार्ग निर्माण, रङरोगन बाँकी रहेको इन्जिनियर माकाले बताउनुभयो । दामाचौर पुलका निर्माण व्यवसायी श्याम केसीले पुल निर्माणमा ढिलाइ हुनुको कारण बजेटको अभाब भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...

थपिए साढे पाँच हजार मतदाता

काठमाडौं । सर्लाहीमा पाँच हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले अहिले सर्लाहीसहित देशैभर...

पोखराका सडक छिट्टै ताररहित हुँदै

काठमाडौं । पोखराको लेकसाइडलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह, पृथ्वी चोक, जिरो किमी हुँदै...

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...