तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

Published on

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु। एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु। एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु। एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु। एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु। एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु। १० ले घटेको छ । बिहीबार तोलामा रु। एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार आठ सय ५५ निर्धारण भएको छ । रासस

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...