तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

Published on

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै रु। एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु। एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा रु। एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु। एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु। एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु। १० ले घटेको छ । बिहीबार तोलामा रु। एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार आठ सय ५५ निर्धारण भएको छ । रासस

spot_img

ताजा समाचार

प्रधानमन्त्री कार्कीसँग प्रहरी महानिरीक्षक खापुङको बिदाइ भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आज बिदाइ भेट...

फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्योे

काठमाडौं । फिलिपिन्समा हालै आएको दुई वटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९...

भ्रष्टाचारको आरोपमा श्रीलङ्काका पूर्व मन्त्री पक्राउ

काठमाडौं । श्रीलङ्काका पुर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रसन्ना रणतुङ्गालाई घूसखोरी तथा भ्रष्टाचारको...

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने...