अध्यक्ष सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिने

Published on

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो । हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । बयानपछि अदालतमा उपस्थित गराइने उहाँले जानकारी दिनुभयो ।

उहाँलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो । यता जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहसहितका स्थानीयले अध्यक्ष सिरोहियालाई साधारण तारेख छोड्नुपर्ने माग गर्दै अदालत अगाडि धर्नामा बसेर प्रदर्शन गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

बाँकेको अगैयामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका...

झापाका साइकलयात्रीलाई बाँकेमा स्वागत

काठमाडौं । गत कात्तिक २३ गतेदेखि पूर्वी नेपालको झापाबाट सुरु भएको साइकल यात्रा बाँके...

लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दीबाट सोमबार बिहान ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ...

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...