बँदेलको आक्रमणबाट एक घाइते

Published on

काठमाडौं । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन् ।

स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते गुरुङको आफन्तले उपचारका लागि मनकामना अस्पताल चितवन लगेको र उहाँको बाया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मनहरी क्षेत्रमा यसअघि हात्ति, बाघलगायतका जंगली जनावरले घरमा क्षति गर्नुका साथैं मानवीय क्षति पनि गरिरहेका छन् । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...