बँदेलको आक्रमणबाट एक घाइते

Published on

काठमाडौं । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन् ।

स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको बेला जंगली जनावर बँदेलको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते गुरुङको आफन्तले उपचारका लागि मनकामना अस्पताल चितवन लगेको र उहाँको बाया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मनहरी क्षेत्रमा यसअघि हात्ति, बाघलगायतका जंगली जनावरले घरमा क्षति गर्नुका साथैं मानवीय क्षति पनि गरिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...