भद्रपुरसहित चार पालिकामा हात्तीपाइलेको औषधी वितरण असफल

Published on

काठमाडौं । हात्तीपाइलेविरुद्धको राष्ट्रिय आम औषधी सेवन अभियानको म्याद १० दिन थप्दासमेत झापाका भद्रपुर नगरपालिकासहित चार पालिकामा भने अभियान असफल भएको छ ।

वैशाख १६ देखि ३० गतेसम्म निर्धारित अभियानलाई १० दिन म्याद थपेर जेठ १० सम्म पुर्याउँदा समेत भद्रपुरले लक्ष्य हासिल गर्न सकेन । नगरका ५४ प्रतिशतलाई मात्र औषधी सेवन गराउन सकेको भद्रपुरको नतिजा सबैभन्दा कमजोर बनेको हो । वैशाख १६ देखि ३० गतेसम्म अभियान सञ्चालन हुँदा भद्रपुरले ४४.२७ प्रतिशतलाई औषधी सेवन गराएको थियो । थपिएको १० दिनमा त्यसलाई बढाएर ५४ प्रतिशत पुर्याएपनि लक्ष्य हासिल गर्न नसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो । भद्रपुरले गत वर्ष पनि ५३ प्रतिशतलाई औषधी सेवन गराएको थियो । भद्रपुरसँगै जिल्लाका चार पालिकाले ८० प्रतिशतभन्दा कमलाई मात्रै औषधी खुवाउन सकेको तथ्याङ्क रहेको छ । ८० प्रतिशतभन्दा कममा यो औषधी खुवाएमा कार्यक्रम असफल मानिन्छ । यस अभियानमा अर्जुनधारा नगरपालिकाले ७४.७९ प्रतिशत, हल्दिवारी गाउँपालिकाले ७७.४२ प्रतिशत र दमकले ७९.४६ प्रतिशतलाई औषधी सेवन गराएको हो । झापामा यस अभियानको सबैभन्दा बढी बिर्तामोडले १००.१२ प्रतिशत, बुद्धशान्तिले ९३.१८ प्रतिशत, शिवसताक्षीले ९२.३२ प्रतिशत, झापा गापाले ९०.९५ प्रतिशत, कचनकवलले ८९.०५ प्रतिशत, गौरादहले ८७.७७ प्रतिशत, गौरीगञ्जले ८७.७४ प्रतिशत, बाह्रदशीले ८६.७१ प्रतिशत, कनकाईले ८५.३१प्रतिशत, मेचीनगरले ८२.६९ प्रतिशत, कमलले ८१.५८ प्रतिशतलाई हात्तीपाइलेको औषधी सेवन गराएका छन् ।

१० दिन म्याद थपिँदा हात्तीपाइले रोगविरुद्धको आम औषधी खुवाउने कार्यक्रमअन्तर्गत झापाका ८३.९४ प्रतिशत अर्थात् आठ लाख ५० हजार ६० जनाले औषधी सेवन गरेका छन् । कुल १० लाख १२ हजार ६४२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको थियो । वैशाख १६ देखि ३० गतेसम्म सञ्चालित आम औषधी कार्यक्रमअन्तर्गत ७९.४६ प्रतिशतले औषधी सेवन गरेकोमा थपिएको म्यादमा सङ्ख्या बढेर ८३.९४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय झापाका प्रमुख बाह्रकोटीले बताउनुभयो । केहि पालिकामा असफ लबने पनि समग्र जिल्लाभर भने कार्यक्रम सफल भएको बाह्रकोटीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महासंघको ७१औँ स्थापना दिवसमा धनुषामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा धनुषा शाखाले प्रभातफेरी कार्यक्रम आयोजना...

मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

काठमाडौँ । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान...

डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियान

काठमाडौँ । नगरपालिका वडा नं. ९ तित्याङको डोयमा ‘ब्लुहिल’ पर्यटकीय क्षेत्र बनाउने अभियानले...

७१औँ स्थापना दिवसमा हेटौँडामा प्रभातफेरी

काठमाडौँ । नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी र्याली आयोजना गरिएको...