एक हजारका नक्कली नोट फेला

Published on

काठमाडौं । बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लिमिटेड बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुवँरले जानकारी दिनुभयो ।  बागलुङमा रहेका तीन वटा बैङ्कमा मङ्गलबार दिउँसो रकम जम्मा गर्न आउनेबाट एउटै नम्बरका तीन वटा नक्कली नोट जफत गरिएको कुवँरले बताउनुभयो । नेपाल बैङ्क लिमिटेड, प्रभु बैक र सिद्धार्थ बैक लिमिटेडमा एक हजार रुपियाँका एउटै नम्बरका नोट फेला परेको उहाँले बताउनुभयो । नक्कली नोट फेला परेको विषयमा नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराएको उहाँको भनाइ छ । “नक्कली नोटमा कागजको गुणस्तर, राष्ट्रिय फुल, स्टिकर र सुरक्षात्मक चिन्ह छैन,”कुवँरले भन्नुभयो, “फेला परेका नोटका नम्बर समेत एउटै छन ।” बजारमा नक्कली नोट फेला परेकोले सबै सतर्क रहन कुवँरको सुझाव छ ।बजारमा नक्कली नोट फेला परेको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

कांग्रेसको वडा अधिवेशन सुरु, अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेसले...

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। जनताबाट निर्वाचित प्रतिनिधिहरूमार्फत...

भोटेकोशी बाढीमा आमाबाबु गुमाएका बालबालिकाका लागि एमआइटी फाउन्डेसनले ५७ करोड ८५ लाख दिने

काठमाडौं – भोटेकोशीमा आएको बाढीबाट आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा भरणपोषणका लागि एमआइटी...

नेक्सस कबड्डी कपको दोस्रो संस्करण सुरु

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो संस्करण सुरु भएको...