विदेशको कमाइ कृषिमा लगानी,कोभिडले बनायो कृषक

Published on

काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण वैदेशिक रोजगारीमा गएका धेरै जसो युवा घर फर्किन बाध्य भए । यसरी फकिर्नेमध्ये महोत्तरी लोहारपट्टी नगरपालिका–७, भमरपुराका दीपेन्द्र राय पनि एक हुनुहुन्छ । करिब १४ वर्ष वैदेशिक रोजगारमा बिताएका राय कोरोना भाइरस महामारी फैलिएका कारण घर फर्किन बाध्य हुनुभयो । वैदेशिक रोजगारीबाट फर्किएपछि फुर्सदको समयमा दीपेन्द्रले युट्युब, साथीभाइ तथा सामाजिक सञ्जालबाट विभिन्न स्थानमा गरिएको आधुनिक तथा व्यावसायिक तरकारी खेतीसम्बन्धी जानकारी बटुल्नुभयो । यसरी बटुलेको ज्ञान उहाँले कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुभयो । विदेशबाट कमाएर ल्याएको रकम पनि कृषिकर्ममा खर्चिएर व्यावसायिक कृषि पेसा अपनाउनुभयो । उहाँले गाउँमै पौने पाँच बिघा जग्गा भाडामा र आफ्नै १५ कट्ठा गरी छ बिघा जग्गामा व्यावसायिक फलफूल तथा तरकारी खेती सुरु गर्नुभएको छ । दीपेन्द्रले २०७७ सालमा आरजे एग्रो फार्म प्रालि दर्ता गर्नुभएको हो ।

सो फार्म सञ्चालनको सम्पूर्ण जिम्मेवारी उहाँका साहिला भाइ मुकेश रायलाई दिएर कोरोना महामारी न्यून भएपछि फेरि बिदेसिनुभएको थियो । उहाँले विदेशबाटै भाइ मुकेशलाई फार्मको विस्तार, सञ्चालन, व्यवस्थापन, बजारीकरणबारे बेलाबखतमा जानकारी लिनेदिने गर्नुहुन्छ । यतिबेला कोरोनाकालमा सुरु गरेको कृषि व्यवसाय राय दाजुभाइका लागि आम्दानीको मुख्य आधार बनेको छ । तरबुजाले बढायो हौसला मुकेशले सुरुमा गरेको मेवा खेतीमा टोर्नाडो (हावाहुरी) आउँदा ठुलो क्षति पुग्यो तर तरबुजा खेतीले दिएको साढे तीन लाख रुपियाँको कमाइले फार्म विस्तारमा हौसला बढाएको उहाँ बताउनुहन्छ । तरबुजाले उहाँको हौसला मात्र बढाएन, एउटा ब्रान्ड नै दियो । उहाँको तरबुजा ‘सरस्वती तरबुजा’ नामले प्रसिद्ध बनेको छ । उहाँले उत्पादन सिधै जनकपुर, इटहरी, विराटनगर र काठमाडाँका खुद्रा तथा थोक विव्रmेतामा पठाउँदा अपेक्षित कमाइ गरिरहनुभएको छ ।

“कृषि उत्पादनमा बिचौलिया हाबी हुँदा किसानले उचित मूल्य पाउन साह्रै मुस्किल हुन्छ,” उहाँले थप्नुभयो, “बिचौलिया मोटाउँछ, किसान दुब्लाउँछ । त्यसैले आफैँ बजार व्यवस्थापन गर्दा खुद्रा तथा थोक व्यापारीलाई पनि फाइदा हुन्छ । दैनिक आठरनौ जनाले प्रत्यक्ष रूपमा रोजगारसमेत पाएको र फार्मको एक बिघा क्षेत्रफलमा अम्बा, १५ कट्ठामा सरिफा (सीताफल), १० कट्ठामा ड्र्यागन फ्रुट्स, १० कट्ठामा आँप, बाँकी जग्गामा तरबुजा, खरबुजा र अन्य तरकारी लगाएको जानकारी उहाँले दिनुभयो । बिउ पुँजी ३५ लाखमा सुरु गरेको फार्ममा पछि १५ थप गरेर ५० लाख पुगेको छ । उत्पादनको आम्दानीसमेत खेती विस्तारमा लगानी गर्दै आएकाले एक करोडभन्दा बढी लगानी भइसकेको मुकेशले बताउनुभयो । पछिल्लो तीन वर्षदेखि सोही उत्पादनबाट राम्रो कमाइ भइरहेको छ । पहिलो वर्षमा साढे तीन लाख, दोस्रो वर्षमा २५ लाख र तेस्रो वर्षमा (गत वर्ष) २८ लाखको तरबुजा र तरकारी बिव्र गरिएको उहाँको कथन छ ।

बिरुवामा अनुदान उहाँले खेतीको बिउमा मधेश प्रदेश सरकारबाट अनुदान पाउनुभएको छ । कृषि ज्ञान केन्द्रले अम्बा, सरिफा, ड्र्यागन फ्रुट्स, तरबुजा, तरकारीलगायत सम्पूर्ण बिउमा अनुदान दिने गरेको छ । बिउ अनुदानले खेती कर्म गर्न धेरै नै सहज र सजिलो भएको मुकेशको कथन छ । आफैँ कम्पोस्ट मल उत्पादन खेतबारीमा सर्वत्र रासायनिक मल बढी प्रयोग भइरहेको छ । उत्पादनलाई लामो समयसम्म सड्न, गल्न नदिन र खाएपछि स्वास्थ्यमा असर नहोस् भन्ने उद्देश्यले फार्ममै कम्पोस्ट मल बनाएर प्रयोग गरिएको उहाँले बताउनुभयो । कम्पोस्ट मलका लागि गाईको गोबर, स्याउला र गँड्यौलाको व्यवस्थापन गरिएको छ । मल बनाउन १६ वटा बेड निर्माण गरिएको छ । प्रतिबेडमा पाँचरछ क्विन्टल मल उत्पादन हुने गरेको मुकेशको कथन छ । वैदेशिक रोजगारको कमाइ बढी मात्रामा अनुत्पादक क्षेत्रमा लगानी भइरहेका बेला मुकेश दाजुभाइले उत्पादन क्षेत्रमा लगानी गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले उहाँहरूको व्यावसायिक कृषि कर्मलाई सिको गर्न थालेका छन् । गोरखापत्र

ताजा समाचार

राष्ट्रपतिको युरोप भ्रमण: जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा रहनुपर्ने मुद्दा स्थापित

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणले जलवायु परिवर्तनको असर न्यूनीकरणको मुद्दा...

फिल्डिङ र ब्याटिङमा कमजोरी भए : आगामी दिनमा सुधार गर्छौँ स् कप्तान पौडेल

काठमाडौँ ।नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इण्डिजको मैदान नै...

हामी जतिसक्दो महाकाली पुल छिटो सम्पन्न गर्ने पक्षमा छौँ

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदाली स्थित महाकाली नदीमा निमार्णाधिन चारलेनको पक्की पुल निमार्णको अन्तिम चरणमा...

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई...