टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित

Published on

काठमाडौं । आइसिसी टी(२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ । ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । जितसँगै नेपालले दुई खेलको सिरिज २(० ले ‘क्लिनस्वीप’ गरेको छ । नेपाल पहिलो खेलमा ६ रनले विजयी भएको थियो । जितका लागि एक सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो । हरिकेन्सका लागि जिआ शाहजादले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था १६\१६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २३, गुलशन झाले १४ तथा सन्दीप जोरा र सोमपाल कामीले १२\१२ रन बनाउनुभयो । बलिङमा ह्युस्टन हरिकेन्सका इमरान शेख जुनियर र जिआ शाहजादले दुई दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले एक एक विकेट लिनुभयो । नेपालले अब विश्वकपका लागि सोमबार क्यानडा र बिहीबार अमेरिकासँग डालासमा अभ्यास खेल खेल्नेछ । दुवै खेल आइसिसीले उपलब्ध गराएको हो । त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

ताजा समाचार

मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा...

नेपाल–भारत मित्रता : नयाँ आयाम दिन सहमति

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबिच दुई देशको...

त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै...

युवालाई स्वदेशमै व्यवस्थापन गर्ने प्रयास भएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु रोजगारीको खोजीमा ठुलो संख्यामा बाहिर गइरहेको...