टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित

Published on

काठमाडौं । आइसिसी टी(२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ । ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । जितसँगै नेपालले दुई खेलको सिरिज २(० ले ‘क्लिनस्वीप’ गरेको छ । नेपाल पहिलो खेलमा ६ रनले विजयी भएको थियो । जितका लागि एक सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो । हरिकेन्सका लागि जिआ शाहजादले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था १६\१६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक एक विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २३, गुलशन झाले १४ तथा सन्दीप जोरा र सोमपाल कामीले १२\१२ रन बनाउनुभयो । बलिङमा ह्युस्टन हरिकेन्सका इमरान शेख जुनियर र जिआ शाहजादले दुई दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले एक एक विकेट लिनुभयो । नेपालले अब विश्वकपका लागि सोमबार क्यानडा र बिहीबार अमेरिकासँग डालासमा अभ्यास खेल खेल्नेछ । दुवै खेल आइसिसीले उपलब्ध गराएको हो । त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...