टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित

Published on

काठमाडौं । आइसिसी टी(२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।

ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । जितसँगै नेपालले दुई खेलको सिरिज २(० ले ‘क्लिनस्वीप’ गरेको छ । नेपाल पहिलो खेलमा ६ रनले विजयी भएको थियो । जितका लागि एक सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो । हरिकेन्सका लागि जिआ शाहजादले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था १६र१६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २३, गुलशन झाले १४ तथा सन्दीप जोरा र सोमपाल कामीले १२\१२ रन बनाउनुभयो । बलिङमा ह्युस्टन हरिकेन्सका इमरान शेख जुनियर र जिआ शाहजादले दुई दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले एक एक विकेट लिनुभयो । नेपालले अब विश्वकपका लागि सोमबार क्यानडा र बिहीबार अमेरिकासँग डालासमा अभ्यास खेल खेल्नेछ । दुवै खेल आइसिसीले उपलब्ध गराएको हो । त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...