टी-२० विश्वकप : अभ्यास खेलमा नेपालको दोस्रो जित

Published on

काठमाडौं । आइसिसी टी(२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि लगातार दोस्रो जित निकालेको छ ।

ह्युस्टनमा शनिबार राति भएको खेलमा नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो । जितसँगै नेपालले दुई खेलको सिरिज २(० ले ‘क्लिनस्वीप’ गरेको छ । नेपाल पहिलो खेलमा ६ रनले विजयी भएको थियो । जितका लागि एक सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा समेटिएको थियो । हरिकेन्सका लागि जिआ शाहजादले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै इमरान खान जुनियर र लाहिरु मिलान्था १६र१६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा नेपालका करण केसीले तीन विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा कप्तान रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक एक विकेट झार्नुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३७ रन बनाउनुभयो । ओपनर कुशल भुर्तेलले २३, गुलशन झाले १४ तथा सन्दीप जोरा र सोमपाल कामीले १२\१२ रन बनाउनुभयो । बलिङमा ह्युस्टन हरिकेन्सका इमरान शेख जुनियर र जिआ शाहजादले दुई दुई तथा कोरी ड्राई र उस्मान शिनवारीले एक एक विकेट लिनुभयो । नेपालले अब विश्वकपका लागि सोमबार क्यानडा र बिहीबार अमेरिकासँग डालासमा अभ्यास खेल खेल्नेछ । दुवै खेल आइसिसीले उपलब्ध गराएको हो । त्यसपछि नेपालले सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...