सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न काँग्रेस तयार छ : नेता सिटौला

Published on

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेस चुनौती सामना गर्न तयार रहेको बताउनुभएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताउनुभयो। उहाँले काँग्रेससहितका प्रतिपक्ष दलले संसदमा उठाएका आवाजलाई सरकारले बेवास्ता गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताउनुभयो। सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिनुभयो। उहाँले काँग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताउनुभयो। नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नै बन्न नसकेको बताउनुभयो। उहाँले कानुन सङ्घीय संसद् बनाउनुपर्ने भए पनि प्रदेश लक्षित बन्न नसकेको बताउनुभयो।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...