प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु

Published on

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रममाथि बुधबारबाट छलफल सुरु हुने भएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल गर्ने गरी कार्यतालिका तय गरिएको छ । यसैबिच प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेस गर्न प्रदेश सभाका सदस्यहरुलाई दिउँसो ३ बजेसम्मका लागि समय उपलब्ध गराइएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिमराम जम्कट्टेलले वार्षिक नीति तथा कार्यक्रमको प्रति प्रदेश सभा बैठकमा टेबुल गर्नुभएको थियो ।

ताजा समाचार

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...

आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । वालिङ...

विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०८१ मा महसुल...