हावाहुरीका कारण भेनियर उद्योगमा करोडभन्दा बढीको क्षति

Published on

काठमाडौं । झापामा मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाँउहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार मेचीनगर नगरपालिका वडा नं। १० मा डिल्लिराम श्रेष्ठले सञ्चालन गरेको भेनियर उद्योगमा एक करोडको क्षति पुगेको छ । भेनियर पत्ता, कामदार बस्ने कटेज, मेसिन लगायतमा हावाहुरीले क्षति पुगेको चन्दले जानकारी दिनुभयो । प्रारम्भिक रुपमा आएको विवरण अनुसार एक करोडको क्षति पुगेको देखिएको उहाँले जनाउनु भयो । यसैगरी, यहि वडाको लालपानीमा श्याम न्यौपानेले सञ्चालन गर्नुभएको सिद्धबिनायक भेनियर उद्योगमा कच्चा पदार्थ र उद्योगको टिनको छानो उडाउदा १० लाखभन्दा बढीको क्षति पुगेको प्रहरीले जनाएको छ । गोरखापत्र

ताजा समाचार

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...

तीन वर्षदेखि पुल अलपत्र, सास्ती खेप्दै स्थानीयबासी

काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नं १ कोटवाडा र वडा नं ६, ७,...