कोशीमा जङ्गली हात्तीको आतङ्क

Published on

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।

मंगलबार राती र बिहान कोशी गाउँपालिका ३ र ४ मा पसेको जङ्गली हातीको आतङ्कले स्थानीयहरु त्रसित बनेका हुन् । जङ्गली हात्तीले कोशी(३ का जागेश्वर मेहता सहतिको घरमा क्षती गरेको छ भने केहीको उखुबाली र तरकारी बालीमा क्षती गरेको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । केही महिनादेखि बन्द रहेको हात्ती आतङ्क सोमबार र मंगलबार रातीदेखी फेरि सुरु भएकाले स्थानीयहरु त्रसित बनेका यादवले बताउनुभयो । लाखौंको बाली क्षती गरेको हात्तीले गत मङ्सिरसम्ममा चालु आर्थिक वर्षमा मात्रै कोशी प्रदेशमा पाँच जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...