कोशीमा जङ्गली हात्तीको आतङ्क

Published on

काठमाडौं । सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।

मंगलबार राती र बिहान कोशी गाउँपालिका ३ र ४ मा पसेको जङ्गली हातीको आतङ्कले स्थानीयहरु त्रसित बनेका हुन् । जङ्गली हात्तीले कोशी(३ का जागेश्वर मेहता सहतिको घरमा क्षती गरेको छ भने केहीको उखुबाली र तरकारी बालीमा क्षती गरेको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । केही महिनादेखि बन्द रहेको हात्ती आतङ्क सोमबार र मंगलबार रातीदेखी फेरि सुरु भएकाले स्थानीयहरु त्रसित बनेका यादवले बताउनुभयो । लाखौंको बाली क्षती गरेको हात्तीले गत मङ्सिरसम्ममा चालु आर्थिक वर्षमा मात्रै कोशी प्रदेशमा पाँच जनाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...