आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

Published on

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई अचार बनाउने तालिम सञ्चालन गरिएको छ । महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।

राप्तीसोनारी गाउँपालिका –६ का महिलालाई तालिम प्रदान गरेर स्वरोजगार बनाइ आत्मनिर्भर बनाउने उद्देश्यसाथ सात दिने अचार बनाउने तालिम सञ्चालन गरिएको वडाअध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । मासु, बयर, गाजर, लसुन, अदुवालगायतका सात प्रकारका स्थानीय स्तरमा उत्पादन हुने तथा पाइने वस्तुबाट अचार बनाउनका लागि तालिममा सीप प्रदान गरिने उहाँले बताउनुभयो । अन्य वस्तुहरु स्थानीयस्तरमा स्थानीयले आफै उत्पादन गर्ने तथा बयर यस क्षेत्रका वन जङ्गलमा प्रशस्तै पाइने भएको हुँदा खाली समयको उपयोग गर्दै महिलाले अचार बनाउन सकुन र घरमै बसेर आय आर्जनको माध्यमबाट आर्थिकरुपले पनि आत्मनिर्भर बन्न सकुन् भनेर तालिम सञ्चालन गरिएको वडाअध्यक्ष खरेलले जानकारी दिनुभयो । वडाका स्थानीय ३२ जना महिलालाई तालिममा सहभागी गराइएको उहाँले जानकारी दिनुभयो । वडा कार्यालयको एक लाख रुपियाँको बजेटबाट उक्त तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । महिलाले तालिममा सिकेका सीपबाट घरमै बसेर खाली समयको उपयोग गर्दै आफै उत्पादन गरेका स्थानीय वस्तुबाट अचार बनाइ बिक्री वितरण गरेर आफ्नो आयस्रोत बढाउने र आफ्नो खुट्टामा आफै उभिने आफूले आशा गरेको वडाअध्यक्ष खरेलले बताउनुभयो ।

तालिममा सीप सिकेपछि पेशा तथा व्यवसाय सञ्चालन गरेर उहाँहरु उद्यमीसमेत बन्ने आफूले अपेक्षा लिएको खरेलले बताउनुभयो । उहाँहरुले उत्पादन गरेका अचारको बजारीकरण तथा व्यवस्थापनका लागि आफूहरुले भूमिका खेल्ने र गुणस्तरीय उचार उत्पादन गरेका स्थानीयको अचार बिक्री वितरणमा समेत आफूहरुले सहयोग गर्ने बताउनुभयो । महिलाले तालिम पश्चात् तयार पारेका अचारहरु परीक्षण गराइ ब्रान्डिङ गरिने उहाँको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...