एक जना प्राविधिक सहायकको भरमा तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण

Published on

काठमाडौं । नेपालगन्जको प्रमुख तरकारी मण्डी रानीतलाउमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ एक जना प्राविधिक सहायकको भरमा सञ्चालन भइरहेको छ ।

विशेषगरि भारतबाट आउने ठुलो परिमाणको तरकारी र फलफूलमा विषादी परीक्षणका लागि केन्द्रिय तरकारी मण्डी रानीतलाउमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा जनशक्तिको अभावले नाम मात्रको बिषादी परीक्षण भइरहेको छ । केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा जनशक्तिको अभावले तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको र अधिकांश तरकारी र फलफूल परीक्षण बिनै बजारमा बिक्रि भइरहेको छ । स्रोत साधन र जनशक्तिको अभावमा तरकारी तथा फलफूलका सीमित नमुनामात्रै परीक्षण गर्न सकिएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिनुभयो । प्रयोगशालामा जनशक्तिको अभावले बजारबाट तरकारी तथा फलफूलका नमुना संकलनमा समेत समस्या भइरहेको जनाउँदै प्राविधिक सहायक चौधरीले अधिकांशको परीक्षण हुननसक्दा कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री भइरहेको बताउनुभयो ।

प्रयोगशालामा प्राविधिक सहायक चौधरी र एक जना कार्यालय सहयोगीमात्र कार्यरत रहेका छन् । जनशक्ति थप्न पटक पटक माग गरिएपनि थप नगरिएको जनाइएको छ । बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाइएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको प्राविधिक सहायक चौधरीको भनाइ छ । भारतबाट आयातित तरकारी तथा फलफूल, रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र विभिन्न चोक तथा बजारमा ठेलामा राखेर बिक्रीवितरण हुँदै आएको छ । सो मध्ये अधिकांश परीक्षण नभएको हुने गरेको छ । प्राविधिक सहायक चौधरीका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । बाँके जिल्ला लगायत विभिन्न जिल्लामा उत्पादन भएका र भारतबाट आयात गरिएका तरकारी तथा फलफूलजन्य वस्तुको परीक्षण गर्दा विभिन्न नमुनामा विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...