सुनको मूल्य निरन्तर उकालोतिर

Published on

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु। दुई हजार तीन सयले वृद्धि भएको छ । बुधबार प्रतितोला रु। एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु। एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु। एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु। एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु। दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु। ७० ले वृद्धि भएको छ । बुधबार रु। एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज रु। एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...