२२ अग्निपीडित परिवारलाई राहत

Published on

काठमाडौं । जिल्लामा आगलागीपीडित २२ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । प्युठान नगरपालिकाको १० परिवार र माण्डवी गाउँपालिकाको १२ परिवारलाई राहत सामग्री प्रदान गरिएको हो । टेवा संस्था ललितपुरको आर्थिक सहयोगमा पूर्णरुपमा घर जलेका परिवारलाई राहत प्रदान गरिएको महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता आचार्यले बताउनुभयो । माण्डवी गाउँपालिकाको २, ४ र ५ नम्बर वडा तथा प्युठान नगरपालिकाको ३, ६ र ७ नम्वर वडाका अग्निपीडितलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो । ५० केजी चामल, तीन केजी दाल, पाँच लिटर तेल, पाँच केजी नुन, पाँच केजी चिउरा, त्रिपाल सिरक, डसना र झुल वितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, ५५ जना बालबालिकालाई स्टेशनरी र झोला वितरण गरिएको छ । त्रिपाल नेपाल प्रहरी श्रीमती सङ्घ लुम्बिनी प्रदेशमार्फत वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा ४४ घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...