बिजुली काटिँदा उपभोक्ता आक्रोशित

Published on

काठमाडौं । नवलपुर सदरमुकाम कावासोती आसपासका क्षेत्रको तापक्रम दिउँसोमा ३९ देखि ४० डिग्री सेल्सीयस हाराहारीमा पुग्छ । बिहान बेलुका खलखली पसिना आउने गर्मी हुन्छ ।

गर्मीले उकुसमुकुस भएका बेला नागरिकलाई विद्युतको लाइन काटिदा झन हैरानी भएको छ । स्थानीयका अनुसार गत २४ घण्टामा कावासोती क्षेत्रमा झडै २०–२५ पटक लाइन काटिएको छ । लाइन काटिएपछि सर्वसाधारणले जति नै गर्मी भए पनि एसी, पङ्खा, कुलर चलाउन पाएका छैनन् । अघोषित रुपमा लोडसेडिङ भए पनि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख सूर्यनारायाण् मण्डल अहिले देशभर कतै पनि लोडसेडिङ नरहेको बताउनुभयो । नारायणघाट–बुटबल सडक विस्तारको क्रममा रहेकाले पोल र ट्रान्फर्मर सार्नु पर्ने भएर लाइन जाने गरेको कार्यालय प्रमुख मण्डलले बताउनुभयो । लामो समयसम्म लाइन जाने गरेपछि प्राधिकरणले कुनै जानकारी दिने गरेको छैन ।

कावासोती २ का प्रेम श्रेष्ठले विद्युत प्राधिकरणले मनलाग्दी गरेको भन्दै आक्रोश पोख्नुभयो । प्राधिकरणले अघोसित रुपमा लोडसेडिङ गरिरहेको छ, होइन भने यो गर्मीको समयमा पटक पटक लाइन काट्नु पर्ने कारण के छ रु आक्रोसित हुँदै श्रेष्ठले भन्नुभयो । प्राधिकरणले सडक विस्तार सुरु भएदेखि नै यसरी नै लाइन काटिरहेको स्थानीय उपभोक्ताको भनाइ छ । पानी नपर्दा, हावाहुरी नचल्दा पनि निरन्तर लाइन काटिएको उपभोक्ताको गुनासो छ । कावासोतीमा आठ वटा नयाँ ट्रास्न्फर्मर राख्ने भनेर पोष्ट बनाएको र त्यसलाई चार्ज गर्न र लाइन मिलाउन समय लागेकाले पनि लाइन काटिएको कार्यालय प्रमुख मण्डलको भनाइ छ । उहाँले मुख्य राजमार्ग विस्तारसहित विभिन्न भित्रि सडकको विस्तार भइरहेकाले संरचना सारिरहनु पर्ने हुँदा उपभोक्ताले मार खेपिरहनु परेको बताउनुभयो । गर्मी बढेकाले एसी, पंखा, कुलर चलाउँदा भोल्टेज कम भएकाले पनि लाइन काटिएको मण्डलले प्रष्ट पार्नुभयो । जाँदा झ्याप्पै जाने र आउँदा तीन पटक लाइन आएपछि मात्र नियमित हुने गरेकाले यसले बल्व फ्युज हुने तथा अन्य विद्युतीय सामग्री बिग्रिने उपभोक्ताको गुनासो छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...