प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी

Published on

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममाथि बागमती प्रदेश सभा बैठकमा छलफल भइरहेको छ । आगामी आवको वार्षिक नीति तथा कार्यक्रममाथिको बुधबारबाट सुरु भएको छलफल आज बिहीबार पनि जारी छ । नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रममा पुनर्लेखन गर्नुपर्ने माग गर्नुभएको छ । नीति तथा कार्यक्रमले नागरिकका समस्यालाई पहिचान गर्न नसकेको भन्दै प्रदेश सभाका सदस्यहरुले नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश गर्न नसकेको बताउनुभयो ।

नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरु उद्धब थापा, भरतबहादुर केसी, मसिना खड्का, राजु विष्ट, बालकुमारी विश्वकर्मा, रामकुमार पहाडी, ठुला थामी, मातृकाप्रसाद भट्राई, उत्तम जोशी, समिता खड्गीलगायतले बोल्नुभएको छ । यसअघि प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा तामाङले नीति तथा कार्यक्रम स्पष्ट भएको बताउँदै उत्पादनमूलक क्षेत्रमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीको बचत अपचलन गर्नेमाथि छानविन र कारबाहीका लागि नीति तथा कार्यक्रममा स्पष्ट नभएको र स्पष्ट गर्नुपर्नेमा जोड दिँदै नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले विकास र लगानीका लागि पुँजी निर्माण महत्वपूर्ण हुने बताउनुभयो । सरकारमा हुँदा र विपक्षमा हुँदा फरक कुरा गर्ने प्रवृत्ति अन्त्य गर्न नीतिमा स्पष्ट हुनुपर्ने भन्दै उहाँले बजेट छर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य प्रभात तामाङले सरकार नीतिगत रुपमा स्पष्ट नरहेको बताउँदै प्रिबजेटमा सार्वजनिक जग्गामा औद्योगिक पूर्वाधार निर्माण गरी निजी क्षेत्रलाई दिने उल्लेख गरेको भएपनि अहिले नीति तथा कार्यक्रममा सो कुरा कहीँकतै उल्लेख नभएको बताउनुभयो । गोरखापत्र

ताजा समाचार

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...

बागमती सफाइ महाअभियान पाँच सय ८५ औँ हप्तामा

काठमाडौं । राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको बागमती...

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...