दुई दिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न

Published on

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाको समन्वय, एडिपिसीको आर्थिक सहयोग र आइएचआर एसफोर डब्लुको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न भएको छ ।

नगरको नौ वटै वडामा पूर्व सूचना प्रणाली व्यवस्थापनलाई प्रभावकारी र तथ्यगत सूचना प्रवाहका लागि यो नागरिक वैज्ञानिक तालिम प्रदान गरिएको आइएचएचआरका निर्देशक सुरज गौतमले जानकारी दिनुभयो । समापन कार्यक्रममा नगरप्रमुख ईश्वरनारायण मानन्धरले तालिमीहरुलाई तालिमबाट सिकेको सिपलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै नागरिक वैज्ञानिक प्रतिबद्धता गराउनुभयो । बुधबारबाट सुरु भएको तालिमका ४६ जना स्थानीय वडाबासी सहभागीहरुलाई खटेर काम गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, तपाईँहरुको लगनशीलताको फल स्थानीयले सचेतनामार्फत् ज्यान धनको क्षति हुनबाट रोकिनेछन् । राम्रो कामको नाम विश्वभर फैलिनेछ । ज्यान धनको क्षतिबाट बचाउने र आफ्नो नाम विश्वभर फैलाउन उत्साहपूर्वक काम गर्न अनुरोध गर्दछु ।

तालिम लिनेहरुले जडित उपकरणबाट नियमित वर्षा मापन गर्नुपर्ने, उपकरणको नियमित सरसफाइ, भिक्टोरी, मोबाइल एप्लिकेसनमार्फत मापन गरिएको वर्षा र पहिरोको विवरण सम्प्रेषणलगायतका पाँच वटा काम गर्नुपर्नेछ । पहाडी जिल्ला दोलखाको भीमेश्वर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा यो प्रविधिको परीक्षण भइरहेको छ । दोलखामा वर्षाबाट हुनसक्ने सम्भावित पहिरो र तराईमा बाढी मापनका लागि तालिमप्राप्त नागरिक वैज्ञानिकहरुले स्थानीय तहबाट काम गर्ने निर्देशक गौतमले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...