दुई दिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न

Published on

काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकाको समन्वय, एडिपिसीको आर्थिक सहयोग र आइएचआर एसफोर डब्लुको प्राविधिक सहयोगमा सञ्चालित दुई दिने भिक्टोरी नागरिक वैज्ञानिक वर्षा अनुगमन तालिम सम्पन्न भएको छ ।

नगरको नौ वटै वडामा पूर्व सूचना प्रणाली व्यवस्थापनलाई प्रभावकारी र तथ्यगत सूचना प्रवाहका लागि यो नागरिक वैज्ञानिक तालिम प्रदान गरिएको आइएचएचआरका निर्देशक सुरज गौतमले जानकारी दिनुभयो । समापन कार्यक्रममा नगरप्रमुख ईश्वरनारायण मानन्धरले तालिमीहरुलाई तालिमबाट सिकेको सिपलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै नागरिक वैज्ञानिक प्रतिबद्धता गराउनुभयो । बुधबारबाट सुरु भएको तालिमका ४६ जना स्थानीय वडाबासी सहभागीहरुलाई खटेर काम गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, तपाईँहरुको लगनशीलताको फल स्थानीयले सचेतनामार्फत् ज्यान धनको क्षति हुनबाट रोकिनेछन् । राम्रो कामको नाम विश्वभर फैलिनेछ । ज्यान धनको क्षतिबाट बचाउने र आफ्नो नाम विश्वभर फैलाउन उत्साहपूर्वक काम गर्न अनुरोध गर्दछु ।

तालिम लिनेहरुले जडित उपकरणबाट नियमित वर्षा मापन गर्नुपर्ने, उपकरणको नियमित सरसफाइ, भिक्टोरी, मोबाइल एप्लिकेसनमार्फत मापन गरिएको वर्षा र पहिरोको विवरण सम्प्रेषणलगायतका पाँच वटा काम गर्नुपर्नेछ । पहाडी जिल्ला दोलखाको भीमेश्वर नगरपालिका र बर्दियाको बारबर्दिया नगरपालिकामा यो प्रविधिको परीक्षण भइरहेको छ । दोलखामा वर्षाबाट हुनसक्ने सम्भावित पहिरो र तराईमा बाढी मापनका लागि तालिमप्राप्त नागरिक वैज्ञानिकहरुले स्थानीय तहबाट काम गर्ने निर्देशक गौतमले जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...