कांग्रेस अहिले सरकारमा जाँदैन : नेता निधि

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्तरुपमा निर्वाह गर्ने बताउनुभयो ।

“कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन शुद्धीकरण अभियानमा लैजाने तयारीमा छौँ”, नेता निधिले भन्नुभयो । संसदीय प्रणालीमा लोकतान्त्रिक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उहाँको भनाइ छ । फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधि निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । “मुलुक मध्यावधि निर्वाचनमा जाने स्थिति देखिएको छैन”, उहाँले भन्नुभयो । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ थियो । यसबारे छलफल सकारात्मक रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उहाँले बताउनुभयो । रासस

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...