अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी

Published on

काठमाडौं । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो कार्यक्रम हुने भएको हो । सम्मलेन जेठ १९ र २० गते हुनेछ । सम्मेलनमा नेपालसँगै, भारत, बंगलादेश र भुटानका गरी १५० जना पत्रकारको उपस्थिति रहनेछ । धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.स १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म र नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो । सोही सन्दर्भलाई लिएर वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णयअनुरुप सम्मेलन गर्न लागिएको हो । सम्मेलनको उद्घाटनसत्र जेठ १९ गते शनिबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । उदघाटनपछि विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता, विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन जेठ २० गते आइतबार मध्यपुर ठिमी नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशहरुमा मातृभाषा पत्रकारिताको प्रवृति र आगामी दिशामा प्यानल छलफल हुनेछ । त्यसपछि घोषणापत्र जारीगरी सम्मेलन समापन गरिनेछ । धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रिका प्रकाशन गर्नुभएकाले उहाँलाई पहिलो मातृभाषाको पत्रकारको रुपमा विगत ९ वर्षदेखि पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको छ । पत्रकार राष्ट्रिय दबूले २०७५ जेठ २ गते बुधबार र २०७९ असार २१ मंगलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरेको थियो । यस पटक सो विषयलाई अन्तर्राष्ट्रिय गरी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो । फोरमका अध्यक्ष राजु लामाले यस सम्मेलनले मातृभाषा पत्रकारिताको विकासका लागि नेपालका पत्रकार मात्र नभई दक्षिण एसियाली पत्रकारबिच ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले यस सम्मेलनले आदिवासी जनजाति पत्रकारले विशेष एजेण्डाका रुपमा उठाइरहेको मातृभाषा पत्रकारिताको विकासको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा उठान गरी त्यसको सम्बोधनका लागि बृहत ध्यानाकर्षण गराइने बताउनुभयो । यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कार्यक्रमको रुपरेखाबारे जानकारी दिनुभयो । गोरखापत्र

ताजा समाचार

दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना

काठमाडौं । तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप...

सुरक्षण मुद्रण केन्द्रको काममा भएन प्रगति

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ मा सुरक्षण मुद्रण केन्द्र स्थापनाका लागि सरकारले सालबसाली...

स्काइ–वाक टावर सुचारु

काठमाडौं । चार वर्षअघि निर्माण कार्य सुरु गरिएको धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित भेडेटारमा नवनिर्मित स्काइ–वाक...

गुरुङको अध्यक्षतामा रिकोन गठन

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को अध्यक्षमा कुशल गुरुङ चयन हुनु भएको छ ।...