अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी

Published on

काठमाडौं । नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो कार्यक्रम हुने भएको हो । सम्मलेन जेठ १९ र २० गते हुनेछ । सम्मेलनमा नेपालसँगै, भारत, बंगलादेश र भुटानका गरी १५० जना पत्रकारको उपस्थिति रहनेछ । धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले वि.स १९८२ मा (नेपाल संवत् १०४५ बुद्धजयन्तीको दिन) भारतको कलकत्ताबाट बुद्ध धर्म र पछि बुद्ध धर्म र नेपालभाषा नामकरण गरी पत्रिका प्रकाशन गर्नुभएको थियो । सोही सन्दर्भलाई लिएर वर्षभरि विविध कार्यक्रम आयोजना गरी मातृभाषा पत्रकारिता शताब्दी वर्ष मनाउने निर्णयअनुरुप सम्मेलन गर्न लागिएको हो । सम्मेलनको उद्घाटनसत्र जेठ १९ गते शनिबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ । राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ । उदघाटनपछि विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता, विषयमा प्यानल छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन जेठ २० गते आइतबार मध्यपुर ठिमी नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशहरुमा मातृभाषा पत्रकारिताको प्रवृति र आगामी दिशामा प्यानल छलफल हुनेछ । त्यसपछि घोषणापत्र जारीगरी सम्मेलन समापन गरिनेछ । धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रिका प्रकाशन गर्नुभएकाले उहाँलाई पहिलो मातृभाषाको पत्रकारको रुपमा विगत ९ वर्षदेखि पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता दिवस मनाउँदै आएको छ । पत्रकार राष्ट्रिय दबूले २०७५ जेठ २ गते बुधबार र २०७९ असार २१ मंगलबारमा क्रमशः प्रथम र दोस्रो मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गरेको थियो । यस पटक सो विषयलाई अन्तर्राष्ट्रिय गरी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना गर्न लागिएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनुभयो । फोरमका अध्यक्ष राजु लामाले यस सम्मेलनले मातृभाषा पत्रकारिताको विकासका लागि नेपालका पत्रकार मात्र नभई दक्षिण एसियाली पत्रकारबिच ज्ञान र सीपको आदानप्रदान र वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले यस सम्मेलनले आदिवासी जनजाति पत्रकारले विशेष एजेण्डाका रुपमा उठाइरहेको मातृभाषा पत्रकारिताको विकासको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा उठान गरी त्यसको सम्बोधनका लागि बृहत ध्यानाकर्षण गराइने बताउनुभयो । यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कार्यक्रमको रुपरेखाबारे जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...