‘जलवायु वित्त ल्याउन नेपालको कडा मिहिनेत आवश्यक’

Published on

काठमाडौं । जलवायु परिवर्तनको उच्च जोखिममा परेको नेपालले जलवायु वित्त ल्याउनका लागि निरन्तर मिहिनेत र प्रयास गर्नुपर्नेमा दातृ निकायका प्रमुखहरुले आग्रह गरेका छन् । हिमाली मुलुक नेपालमा जलवायु सङ्कट र सञ्चारकर्मीको भूमिका विषयमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र सम्बद्ध अन्य निकायका प्रमुखहरुले जलवायु वित्त र हानी, नोक्सानी कोषबाट नेपालले रकम ल्याउन सकेमात्र जलवायु परिवर्तनको असरबाट पीडित समुदायले न्याय पाउने बताएका हुन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका आवासीय प्रतिनिधि केन सिमिजुले भन्नुभयो, ‘‘बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरले नेपाल निकै जोखिममा परेको मुलुक हो । जसका कारणले कृषि उत्पादन तथा खाद्य सुरक्षामा असर परिरहेको छ । त्यसैले आगामी दिनमा नेपालले जलवायु वित्तका लागि पहुँच बढाउनुपर्ने देखिन्छ, त्यसका लागि कडा मिहिनेत आवश्यक छ । उहाँले आफू लगायत दातृ निकायहरुले नेपालले जलवायु वित्तको अधिकभन्दा अधिक रकम सदुपयोग गरोस् भन्ने चाहना राख्ने गरेको र त्यहीअनुसार लबिङ गर्ने गरेको पनि बताउनुभयो ।

अहिलेकै प्रयास र मिहिनेतले मात्रै पर्याप्त मात्रामा जलवायु वित्तको रकम नेपाल आउन नसक्ने बताउँदै उहाँले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल गरिरहेका प्रयास सह्रानीय भएको बताउनुभयो । उहाँका अनुसार जसरी टापु मुलुकहरु एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने गरेका छन्, त्यसैगरी नेपाललगायतका हिमाली मुलुकहरु पनि आफ्नो पक्षमा साझा मत बनाएर लाग्नुपर्ने हुन्छ । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका डेपुटी आवसीय प्रतिनिधि जुलियन चेभिलर्डले बढ्दो तापक्रमले हिमाली क्षेत्र बढी प्रभावित हुँदा जोखिम पनि उत्तिकै बढिरहेको बताउनुभयो । उहाँले नेपालको जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सधैँ अग्रभागमा बसेर काम गरिरहेको र आगामी दिनमा पनि नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा च्छोरोल्पा र इम्जा हिमतालको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारलाई सहयोग गरेको स्मरण गर्दै नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय वित्त सहयोग लिन सक्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा विश्व खाद्य कार्यक्रमका रोबर्ड कास्काले हिमाली मुलुक र तल्लो तटीय टापु मुलुकहरुको समस्या मिल्न जाने गरेको र साना टापु मुलुकहरुले साझा एजेण्डाका रुपमा विश्व मञ्चमा जोडबलका साथ कुरा उठाए झैँ हिमाली मुलुकहरुले आफ्ना आवाज जोडदार ढङ्गले राख्नुपर्ने बताउनुभयो । अघिल्लो हप्ता नेपालमा सम्पन्न भएको हिमाल, मानव र जलवायु विषयको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनले नेपाललाई हिमाली मुलुकको नेतृत्व लिन सक्ने दिशामा डो र्‍याएको उहाँले बताउनुभयो । उहाँका अनुसार जलवायु परिवर्तनको असरले खाद्य सुरक्षा र पोषणयुक्त खानामा थप चुनौती थपिएका छन् । त्यसैले जलवायु अनुकूलन हुने खेती प्रणाली नेपालमा विकास गर्न जरुरी छ । युनिसेफका डेपुटी आवासीय प्रतिनिधि जी ह्युन रहले जलवायु परिवर्तनले नेपालका अधिकांश बालबालिकाको स्वास्थ्य, शिक्षा तथा वृत्तिविकासमा असर पारेको बताउनुभयो । उहाँका अनुसार नेपालका ग्रामीण भेगका अधिकांश बालबालिकाले यसको असर भोग्नुपरिरहेको छ र कुपोषण, पुड्कोपनालगायतका गम्भीर समस्याले गर्दा भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि जोखिममा पर्दै गएको विचार व्यक्त गर्नुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...