महिलालाई आत्मनिर्भर बनाउन अन्नपूर्णमा ढाका बुनाई तालिम

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले ढाका बुनाई तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उद्देश्यले एक महिनै ढाका बुनाई तालिम सञ्चालन गरेको हो । आवासीय सुविधासहित आयोजना गरिएको तालिममा आठ जना महिला सहभागि भएका छन् । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन कृषि, ब्युटिसियन लगायतका तालिमहरु पनि सञ्चालन गरेको उहाँको भनाइ छ । तालिममा महिला उद्यमी लिला पुनले सहजीकरण गर्नुभएको छ । तालिममा ढाकाको कपडा तयार पार्ने र टोपी, सल, साडी, झोला लगायतका सामग्रीहरु बनाउन सिकाउने प्रशिक्षक पुनले जानकारी दिनुभयो ।

पछिल्लो समय ढाकाबाट तयार पारिएका कपडाहरुको माग बढ्न थालेकाले स्थानीय स्तरमा महिला उद्यमीहरु तयार पार्न तालिमले सहयोग पुग्ने उहाँको भनाइ छ । म्याग्दीमा उत्पादन भएको ढाकाको कपडा युरोप, अमेरिकालगायतका अन्य मुलुकहरुबाट माग आउने भएकाले आवश्यकता अनुसार उत्पादन गर्न नसकिएको उहाँको बताउनुभयो । म्याग्दीबाट मात्र वार्षिक रुपमा २५ देखि ३० लाख रुपियाँ बराबरको ढाकाको कपडा विदेश निर्यात हुने गरेको उहाँको भनाइ छ । परिश्रम गर्नसके यसबाट राम्रो आम्दानी लिन सकिन्छ प्रशिक्षक पुनले भन्नुभयो, ‘‘कपडाको माग धेरै आउने गरेको छ । उद्यमी नहुँदा माग अनुसार पुर्‍याउन सकिएको छैन । स्थानीय तहले दिएको तालिमबाट गाउँगाउँमा महिला उद्यमी तयार हुने आशा छ । महिलाहरु सीप सिकेर उद्यम व्यवसाय गरी आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सविना थापाले बताउनुभयो । तालिम र उपकरण सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा सात लाख रुपियाँ विनियोजन गरेको उहाँले बताउनुभयो । तालिम लिएका महिलाहरुलाई ७५ प्रतिशत अनुदानमा ढाका बुन्ने मेशिन प्रदान गरिने उहाँले बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...