लोकमार्ग निर्माणले लेखनाथमा खानेपानीको समस्या

Published on

काठमाडौं । पोखरा महानगरको साविक लेखनाथ क्षेत्रमा अहिले खानेपानीको आपूर्तिमा समस्या भएको छ । यहाँ वितरण गरिने पानीको मुलनजिक मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा थुप्रिएको ढुङ्गा, माटोका कारण पानीको वितरण प्रणाली प्रभावित बनेको हो । लेखनाथ क्षेत्रको पानीको मुहानभन्दा माथि मादी गाउँपालिका वडा नम्बर ७ को पानीघाट र पोखरा–२० को आँटीघर मौजा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानी आपूर्तिमा समस्या आएको हो । यसै पनि लामो खडेरीका कारण पानीका मूल साना हुुँदा आपूर्ति कम भएको थियो । पानी आपूर्ति वितरण प्रभावित हुँदा तालचोकदेखि वेगनासताल क्षेत्र र भण्डारढिकदेखि गगनगौंडासम्मका उपभोक्तामा समस्यामा परेका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख शिवप्रसाद अमात्यले बाटो निर्माणपछि वर्षाले पानी सङ्कलन केन्द्रमा ढुङ्गा, माटो थुपारेकाले पनि पानी वितरणमा समस्या परेको जनाउनुभयो ।

बर्खा याममा हरेक वर्ष खानेपानी वितरणमा आउने समस्या समाधान गरे पनि फेरि समस्या थपिने गरेको संस्था अध्यक्ष मुरारी शर्मा बताउनुहुन्छ । “हरेक वर्ष समाधान गर्ने प्रयास गर्छौं, समस्या सुल्झाउँछौ पनि । तर विकासका नाममा खनिने बाटोघाटो र अन्य भौतिक निर्माणले फरि समस्या ल्याइहाल्छ,” शर्माले भन्नुभयो । खानेपानी आपूर्तिमा समस्या आएपछि आठ वटा बोरिङबाट संस्था खानेपानी आपूर्ति थालेको छ । यद्यपि त्यो पर्याप्त नभएको शर्माले सुनाउनुभयो । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १६ हजार चार सय ५९ घरधुरीका एक लाख ५० भन्दा बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको छ । संस्थाले पोखरा महानगरका पाँच वडा २६, २७, २९, ३० र ३२ मा खानेपानी आपूर्ति गर्दै आएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...