टी–२० विश्वकप : नेपाल र अमेरिकाबिचको ‘वार्मअप’ खेल वर्षाका कारण रद्द

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो तथा अन्तिम ‘वार्मअप’ खेल भारी वर्षाका कारण रद्द भएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी मैदानमा बिहीबार तय भएको खेल लगातार वर्षा भएपछि रद्द भएको हो । घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ रोज्नासाथ भारी वर्षा सुरु भएको थियो । नेपालका लागि विश्वकप अघि यो नै अन्तिम अभ्यास खेल थियो । विश्वकपअघि आइसिसीले तय गरिदिएको पहिलो ‘वार्मअप’ खेलमा भने नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । वर्षाका कारण बिहीबार अमेरिकासँगको खेल रद्द भएपछि नेपाली टोलीले मस्ट्याङ क्रिकेट एकेडेमीको इन्डोर हलमा अभ्यास गरेको थियो । यसअघि अभ्यास खेलमा चोट बोक्नुभएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकासँगको खेलका लागि फिट हुनुभएको थियो । उहाँको पुनरागमनले नेदरल्यान्ड्सविरुद्धको खेलमा टोलीलाई उत्साह थपेको छ ।

एक महिनाअघि विश्वकप तयारीका लागि अमेरिका आइपुगेको नेपालले यसअघि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेको थियो । नेपालले टेक्सासको ह्युस्टन र वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा स्थानीय टोलीसँग केही अभ्यास खेल पनि खेलेको थियो। नेपालले खेलेको ६ अभ्यास खेल मध्ये चार खेलमा जित निकालेको थियो । नेपालले अब सिधै विश्वकप खेल्नेछ । नेपालले डालासमै नेदरल्यान्ड्ससँग जेठ २२ गते खेल्दै विश्वकपको सुरुवात गर्नेछ । विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...