कास्कीमा हावाहुरीले १४ घरमा क्षति

Published on

काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा बिहीबार साँझ अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । रुपा गाउँपालिका १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

हावाहुरीसँगै आएको वर्षाका कारण रुपा गाउँपालिका १ र २ वडाका स्थानीयको घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै, हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ । हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो। सशस्त्र प्रहरीको टोलीले अस्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...