कास्कीमा हावाहुरीले १४ घरमा क्षति

Published on

काठमाडौं । कास्कीको रुपा गाउँपालिकामा बिहीबार साँझ अचानक आएको हावाहुरीका कारण १४ घरमा क्षति पुगेको छ । रुपा गाउँपालिका १ र २ वडाका स्थानीयको घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

हावाहुरीसँगै आएको वर्षाका कारण रुपा गाउँपालिका १ र २ वडाका स्थानीयको घर, गोठ र मन्दिरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्त कुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले घरको छानो उडाउँदा घरभित्र राखिएका अन्नपात,लत्ताकपडा समेत भिजेको छ । यस्तै, हावाहुरीले बाख्राको खोर, माहुरीको घार, चिसापानीस्थित कोट मन्दिरको छानोसमेत उडाएको छ । हावाहुरीका कारण मानवीय क्षति भने भएको छैन । यस्तै बिहीबार नै अचानक आएको हावाहुरीका कारण फेवातालमा फसेकी विदेशी नागरिकको सकुशल उद्धार गरिएको थियो। सशस्त्र प्रहरीको टोलीले अस्ट्रियाका २७ वर्षीय नागरिक लाउराको सकुशल उद्धार गरेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...