भाँचिएको काप्राको हाँगा लागेर एकको मृत्यु

Published on

काठमाडौं । गोरखामा रुख भाँचिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका –४ ताक्लुङका ५० वर्षीय गिरबहादुर राना रहनुभएको प्रहरीले जनाएको छ ।

वडा ४ का वडा अध्यक्ष अरुण थापाका अनुसार बिहीबार बेलुका करिब ६ बजेको समयमा स्थानीय छिमेकीको मेलापात गरेर घरतर्फ फर्कनेक्रममा ठुलो हावाहुरीका कारण घरनजिक रहेको काप्राका रुखको हाँगा भाँचिएर उहाँलाई लागेको थियो । गम्भीर घाइते हुनु भएका राना मगरलाई तत्काल घर परिवार र स्थानीयको सहयोगमा चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । टाउको र छातीमा गम्भीर चोट लागेर अचेत अवस्थामा पुरानो मेडिकल कलेज लगिएको पनि शुक्रबार राति १ बजेको समयमा पुरानो मेडिकल कलेजका चिकित्सकले मृत घोषण गरेको वडा अध्यक्ष थापा मगरको भनाइ छ । चितवनको सरकारी अस्पतालमा उहाँको शव पोष्टमार्टमका लागि राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...