भाँचिएको काप्राको हाँगा लागेर एकको मृत्यु

Published on

काठमाडौं । गोरखामा रुख भाँचिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका –४ ताक्लुङका ५० वर्षीय गिरबहादुर राना रहनुभएको प्रहरीले जनाएको छ ।

वडा ४ का वडा अध्यक्ष अरुण थापाका अनुसार बिहीबार बेलुका करिब ६ बजेको समयमा स्थानीय छिमेकीको मेलापात गरेर घरतर्फ फर्कनेक्रममा ठुलो हावाहुरीका कारण घरनजिक रहेको काप्राका रुखको हाँगा भाँचिएर उहाँलाई लागेको थियो । गम्भीर घाइते हुनु भएका राना मगरलाई तत्काल घर परिवार र स्थानीयको सहयोगमा चितवनको पुरानो मेडिकल कलेजमा लगिएको थियो । टाउको र छातीमा गम्भीर चोट लागेर अचेत अवस्थामा पुरानो मेडिकल कलेज लगिएको पनि शुक्रबार राति १ बजेको समयमा पुरानो मेडिकल कलेजका चिकित्सकले मृत घोषण गरेको वडा अध्यक्ष थापा मगरको भनाइ छ । चितवनको सरकारी अस्पतालमा उहाँको शव पोष्टमार्टमका लागि राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...