‘चलचित्र मनोरञ्जन मात्र होइन, अभियान पनि हो’

Published on

काठमाडौं । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले चलचित्र मनोरञ्जन मात्र नभएर एउटा अभियान रहेको बताउनुभएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल, कास्की को छैटौँ साधारण सभा कार्यक्रममा शनिबार प्रमुख आचार्यले चलचित्रले समाजको नदेखिएका कथालाई उजागर गरेको बताउनुभएको हो । ‘‘पोखरा आफैँमा पर्यटनको राजधानी हो । यहाँ नेपाली फिल्म अधिकांश सुटिङ हुने गरेका छन् । यो आफैँमा सुटिङ हब हो ।’’ उहाँले भन्नुभयो । प्रमुख आचार्यले महानगरको आगामी बजेटमा चलचित्र पत्रकारिता गर्ने पत्रकारको बारेमा पनि सम्बोधन गर्ने तयारी भएको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रीय अध्यक्ष समीर बलामिले नेपाली पत्रकारिताको क्षेत्रमा चलचित्र पत्रकारिता निकै सक्रिय रहेको बताउनुभएको छ । कार्यक्रममा जितप्रकाश द्वा चलचित्र पत्रकारिता पुरस्कार पत्रकार विजय नेपाललाई प्रदान गरिएको छ । उहाँलाई ३० हजार नगद, दोसल्लासहित सम्मान गरिएको हो । यसैगरी पुराना चलचित्र निर्माता विनोद शेरचनलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । गोरखापत्र

ताजा समाचार

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो र सहज मौद्रिक नीति

काठमाडौं । राष्ट्र बैंकले अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको...

‘नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने...

नगरप्रमुख नकर्मीको अन्त्येष्टि

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको...