अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

Published on

काठमाडौं । नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउनुभयो । “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उहाँले भन्नुभयो । भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१\८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रीको उत्पादनमा जोड दिने कार्यक्रम हुने पनि उहाँले बताउनुभयो ।

उहाँले अहिले कोभिडले धराशायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्री क्षेत्रको विकास हुने बताउनुभयो । भरतपुरमा भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रियस्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो । नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इकयुप्मेन्ट एसोसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रीका क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी, सेमिनार तथा अन्तव्रिर्mयाहरू सञ्चालन गर्न पोल्ट्री पाठशालासमेत सञ्चालनमा ल्याइएको छ । प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुराजन्य वस्तुको विकासमा उल्लेखनीय उपलब्धि हुने बताउनुभयो । प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्यान्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञको सहभागिता रहेको छ । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...