अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु

Published on

काठमाडौं । नेपालमा कुखुरापालन क्षेत्रमा नवीनतम अत्याधुनिक प्रविधिको प्रयोग भित्र्याउन सहयोग पु¥याउने उद्देश्यले भरतपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग सङ्घको प्रदर्शनी स्थलमा आयोजना भएको सो प्रदर्शनीको एक कार्यक्रमका बिच भरतपुर महानगरकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उद्घाटन गर्दै प्रमुख दाहालले पूर्वाधारको विकासमा फड्को मारेको भरतपुरले अब उत्पादनका क्षेत्रमा विशेष योजना अघि सार्ने बताउनुभयो । “कृषिको प्रचुर सम्भावना भएको ठाउँ हो । पोल्ट्रीको त राजधानी नै भयो । अबको हाम्रो कार्यक्रम कृषि र पोल्ट्रीमै केन्द्रीकृत गर्ने हो,” उहाँले भन्नुभयो । भरतपुर महानगरले अब आर्थिक वर्ष २०८१\८२ मा ल्याउने नीति तथा कार्यक्रमको प्रमुख विषय नै कृषि र पोल्ट्रीको उत्पादनमा जोड दिने कार्यक्रम हुने पनि उहाँले बताउनुभयो ।

उहाँले अहिले कोभिडले धराशायी भएको पोल्ट्री क्षेत्रलाई उकास्न जरुरी रहेको उल्लेख गर्दै कृषि र रोजगारीमा केन्द्रित रहेर विकास योजना अघि सारे पोल्ट्री क्षेत्रको विकास हुने बताउनुभयो । भरतपुरमा भ्रमण वर्ष चलिरहेका बेला अन्तर्राष्ट्रियस्तरको मेला महोत्सव आयोजना गरेर भरतपुरलाई सहयोग गरेकामा उहाँले आयोजकलाई धन्यवाद पनि दिनुभयो । नेपाल पोल्ट्री महासङ्घ र इन्डिया पोल्ट्री इकयुप्मेन्ट एसोसिएसनको आयोजनामा सञ्चालित सो प्रदर्शनीमा १५० वटा स्टलहरू रहेका छन् । प्रदर्शनीकै अवसरमा पोल्ट्रीका क्षेत्रमा आयातित नवीनतम प्रविधिका बारेमा किसानलाई जानकारी गराउन विभिन्न गोष्ठी, सेमिनार तथा अन्तव्रिर्mयाहरू सञ्चालन गर्न पोल्ट्री पाठशालासमेत सञ्चालनमा ल्याइएको छ । प्रदर्शनी आयोजक संस्थामध्येको एक महासङ्घका अध्यक्ष गुणराज विष्टले प्रदर्शनीले नेपाल र भारतको कुखुराजन्य वस्तुको विकासमा उल्लेखनीय उपलब्धि हुने बताउनुभयो । प्रदर्शनीमा नेपाल, भारत, चीन, जर्मन, बेल्जियिम, नेदरल्यान्ड, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटली, इजरायल, बङ्गलादेशलगायतका देशका कुखुरासँग प्रत्यक्ष र अप्रत्यक्ष कम्पनी तथा विज्ञको सहभागिता रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...