दुई सय १० कृषकलाई मिनिटिलर वितरण

Published on

काठमाडौं । सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा गाउँपालिकाका दुई सय १० कृषकलाई मिनिटिलर वितरण गरेको छ । कूल २८ हजार आठ सयमध्ये पालिकाले उक्त रकमको ५० प्रतिशत १४ हजार चार सय उपलब्ध गराएको हो ।

कृषकले १४ हजार चार सय पालिकाको खातामा जम्मा गराएपछि कृषकलाई मिनिटिलर उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले मिनिटिलर खरिद गर्न विद्युतीय प्रणालीमार्फत ‘इ–बिडिङ’ ९बोलपत्र आह्वान० गरेको थियो । सबैभन्दा कम रकममा उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालिलाई मिनिटिलर खरिद गर्न दिने पालिकाले निर्णय गरेको थियो । बजारमा न्यूनतम ४० देखि ५० हजारसम्म पर्ने मिनिटिलर पालिकासँगको सहकार्यमा १४ हजार दुई सयमा पाउँदा उत्साहित भएको सुनकोशी(१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताउनुभयो । यस वर्ष पालिकाले समूहलाई पहिलो प्राथमिकतामा राखेर मिनिटिलर अनुदानमा दिने भनेकामा समूह बाहिरबाट पनि माग आएकाले आवेदन दिने सबैलाई उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनुभयो । रासस

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...