तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति

Published on

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्नुहुँदै उहाँले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्छ भन्नुभयो । “मातृभाषा पत्रकारिताले विश्वव्यापीरुपमा प्रभावशाली रहेका भाषाहरुद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ । विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवम् सम्वद्र्धनमा समेत योगदान पुर्याउँदछ । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरुले आफ्ना पाठक एवम् श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबिच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रववद्र्धन गर्ने काममा योगदान गर्न सक्दछ”, उहाँले भन्नुभयो ।

उहाँले विविधताबिचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सार्मथ्य भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचीत नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ । मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिनुभएको सम्मेलन ललितपुरमा जारीे छ । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...