कटहरीमा मिनी शीतभण्डार स्थापना

Published on

काठमाडौं । मोरङको कटहरी –१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार प्रारम्भिक चरणमा १५ मेट्रिक टनको निर्माण गरिए पनि माग र आवश्यकता बढ्दै गए क्षमता विस्तार गरी पाँच सय मेट्रिक टनसम्म बनाउन सकिन्छ । कटहरी गाउँपालिकाले वडा नम्बर २, ३, ४ र ६ लाई र जहदा गाउँपालिकाले वडा नम्बर ३ र ४ लाई तरकारी जोन घोषणा गरेपछि त्यस क्षेत्रमा व्यावसायिक तरकारी उत्पादन हुँदै आएको छ । तरकारी एकै पटक उत्पादन हुने र मूल्य नपाउने विद्यमान अवस्थाले किसान घाटामा व्यापार गर्न बाध्य थिए । अब किसानले उत्पादन गरेको सबैखाले तरकारी भण्डारण गर्न सक्छन् । शीत भण्डार सञ्चालनमा आएपछि किसानले आवश्यकता अनुसार आफ्नो उत्पादन भण्डार गर्ने र बजारको माग अनुसार बिक्री गर्न पाउने भएका छन् ।

गत वैशाख १९ गते कटहरी –१ को फलफूल तथा तरकारी बजार परिसरमा निर्माण सुरु भएको शीतभण्डार एक महिना अगावै तयार भएको छ । तरकारी जोन सञ्चालक समन्वय समिति र नेपकुल इन्डष्ट्रिज प्रालिले संयुक्त रुपमा निर्माण गरेको शीतभण्डार २४ लाख ३२ हजार ४०९ रुपियाँमा निर्माण भएको हो । नेपकुलका सञ्चालक सागर उपाध्यायले शीतभण्डार भित्र २ देखि ५ डिग्री सेल्सियस तापक्रम रहने र आवश्यकता अनुसार तापक्रम स्वचालित रुपमा घटबड हुने बताउनुभयो । हामीले भण्डारण गरेको तरकारीलाई आवश्यक पर्ने तापक्रम स्वचालित रुपमा तय हुन्छ–उपाध्यायले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...