गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको एक हप्ताको प्रगति विवरण सार्वजनिकमा ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन गरिएको र राहदानीबाट १६ लाख ६७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको उल्लेख छ । राहदानीका साथै संस्था दर्ता तथा नवीकरणबाट १३ हजार गरी कुल १६ लाख ८० हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गत आइतबारदेखि शुक्रबारसम्म ३२० जनाको राहदानीका लागि आवेदन सङ्कलन, ३४४ जनाको राहदानी वितरण, ४१३ जनालाई नयाँ नागरिकता प्रदान, १६९ नागरिकताको प्रतिलिपी प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

यस्तै सोही अवधिमा ५५९ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन सङ्कलन पनि गरिएको र ४४ जनाको परिचयपत्र वितरण गरिएको गैरेले बताउनुभयो । ३०२ दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित र १९ जनाको नावालक परिचयपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पछिल्लो एक हप्तामा सेवाग्राहीको चाप बढी भएकाले साँझ ७ बजेसम्म पनि सेवा प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कर्मचारीको अभाव भएपनि टाढा टाढाबाट आएका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँको भनाइ छ । नागरिकहरुलाई सहज तरिकाले सेवा प्रवाह गर्नु आफूहरुको दायित्व भएकाले विहान साँझ नभनी सिमित कर्मचारी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरिएको शर्माले बताउनुभयो । उच्च माध्यमिक तहको परीक्षा भर्खरै मात्रै सम्पन्न भएकाले नागरिकता र राहदानी बनाउने बढेको प्रशासनले जनाएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...