‘स्वस्थ नागरिकले मात्र राज्य निर्माणमा योगदान दिन सक्छन्’

Published on

काठमाडौं । स्वास्थ्य नागरिकले मात्र मुलुकको विकासमा योगदान दिनसक्ने बताइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा गोङ्गबु नयाँ बसपार्कमा समाज उत्थान महिला मञ्चले आयोजना गरेको ‘एक दिने निःशुल्क आँखा’ शिविरका वक्ताले मानिस स्वस्थ्य रहे मात्र देशको विकासमा योगदान दिनसक्ने बताएका हुन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख राजाराम श्रेष्ठले स्वास्थ्य नै धन भएकाले स्वस्थ भएर राज्य निर्माणमा योगदान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफूलाई स्वास्थ्य राख्न हरेक व्यक्तिले बेला बेलामा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । काठमाडौँ(२६ का वडा सदस्य प्रवेश श्रेष्ठले आम वडावासीलाई स्वस्थ राख्न यस्ता किसिमका स्वास्थ्य शिविरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि वडाभित्र विभिन्न विधाका स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गर्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न समाज उत्थान महिला मञ्चले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नयाँ बसपार्क सुन्दर, सफा र व्यवस्थित बन्दै गएको भन्दै यसको वरपरको क्षेत्रलाई पनि सोहीअनुसार स्वच्छ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । वातावरण स्वच्छ भए नागरिक स्वस्थ हुने उहाँको भनाइ छ । मञ्चकी अध्यक्ष निर्मला श्रेष्ठले नयाँ बसपार्क क्षेत्रको विकृति अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । वि.सं.२०७१ मा स्थापना भएको उक्त मञ्चले गोङ्गबु क्षेत्रमा विभिन्न सामाजिक काम सञ्चालन गर्दै आइरहेको उपाध्यक्ष तारा नेपालले जानकारी दिनुभयो । रासस

ताजा समाचार

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

काठमाडौं । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन्...

काठमाडौँ-तराई-मधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं । राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौँ(तराई(मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित...

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको...

बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

काठमाडौं । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको...