टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात

Published on

काठमाडौं । आयोजक अमेरिकाले आइसिसी टी(२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो । जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ । अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाउनुभयो । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेल डिलोन हेलिगरले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै निकोलस किर्टोनले ५१, ओपनर नवनित धालिवालले ४३, श्रेयस मोभ्भाले ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाउनुभयो । बलिङमा अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक एक विकेट लिनुभयो । अमेरिकाले समूहको दोस्रो खेल जुन ६ तारिख पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अमेरिका, पाकिस्तान, क्यानडा, भारत र आयरल्यान्ड रहेको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...