टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात

Published on

काठमाडौं । आयोजक अमेरिकाले आइसिसी टी(२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो । जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा गरेको हो । जितसँगै समूह ‘ए’ मा रहेको अमेरिकाले दुई अङ्क बनाएको छ । अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाउनुभयो । उहाँले ४० बलमा चार चौका र १० छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै एन्ड्रिस गौसले ६५ र कप्तान मोनांक पटेल डिलोन हेलिगरले १६ रन बनाउनुभयो । स्टिभ टेलर शून्य रनमा एलबी डब्लू धरापमा पर्नुभयो । बलिङमा क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाउनुभयो । उहाँले ४४ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै निकोलस किर्टोनले ५१, ओपनर नवनित धालिवालले ४३, श्रेयस मोभ्भाले ३२, आरोन जोनसनले २३ र र दिलप्रीत बजुवाले ११ रन बनाउनुभयो । बलिङमा अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एक एक विकेट लिनुभयो । अमेरिकाले समूहको दोस्रो खेल जुन ६ तारिख पाकिस्तानसँग खेल्नेछ । समूह ‘ए’ मा अमेरिका, पाकिस्तान, क्यानडा, भारत र आयरल्यान्ड रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...