जिगु धरतीः जिगु सर्गको लोकार्पण

Published on

काठमाडौं । कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।

कृतिकार २०२२ सालदेखि साहित्यमार्फत नेपाल भाषा आन्दोलनमा सक्रिय भूमिका खेल्दै आउनुभएको थियो । संग्रहमा ४२ वटा कविता छन् । कृतिमाथि समालोचक पूर्ण ताम्राकारले टिप्पणी गर्नुभयो । बज्रराज शाक्य र डा। सुन्दरकृष्ण जोशीले कृतिकारको जीवनी र लेखनको विषयवस्तुबारे चर्चा गर्नुभयो । कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न गायिका रिता महर्जन लगायतले गायन प्रस्तुत गर्नुभएको थियो । अन्जना ताम्राकार, दिव्या ताम्राकार, सुलोचना सैंजु, अन्तर्राष्ट्रिय कवि भगतदास श्रेष्ठलगायत साहित्यकारले कविता प्रस्तुत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...