जिगु धरतीः जिगु सर्गको लोकार्पण

Published on

काठमाडौं । कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।

कृतिकार २०२२ सालदेखि साहित्यमार्फत नेपाल भाषा आन्दोलनमा सक्रिय भूमिका खेल्दै आउनुभएको थियो । संग्रहमा ४२ वटा कविता छन् । कृतिमाथि समालोचक पूर्ण ताम्राकारले टिप्पणी गर्नुभयो । बज्रराज शाक्य र डा। सुन्दरकृष्ण जोशीले कृतिकारको जीवनी र लेखनको विषयवस्तुबारे चर्चा गर्नुभयो । कार्यक्रमलाई थप मनोरन्जन प्रदान गर्न गायिका रिता महर्जन लगायतले गायन प्रस्तुत गर्नुभएको थियो । अन्जना ताम्राकार, दिव्या ताम्राकार, सुलोचना सैंजु, अन्तर्राष्ट्रिय कवि भगतदास श्रेष्ठलगायत साहित्यकारले कविता प्रस्तुत गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...