सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप अभिमुखीकरण

Published on

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं। ६ का सहित तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ ।

सहित तथा द्वन्द्वपीडित कार्यक्रमअन्तर्गत शान्ति सद्भाव तथा मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको ६ नम्बर वडाका अध्यक्ष लवराज खरेलले जानकारी दिनुभयो । तत्कालीन द्वन्द्वकालमा वडा भित्र रहेका बेपत्ता, घाइते तथा सहिद गरी ३५ द्वन्द्वपीडित परिवारलाई दुई दिने मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । तत्कालीन समयमा सरकार पक्ष र विद्रोही पक्ष दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारले एकले अर्को पक्षलाई हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नदेखिएको वडाध्यक्ष खरेलले बताउनुभयो । एउटै समाजमा बस्ने तर एक पक्षले अर्को पक्षलाई हेर्ने दृष्टिकोणमा अझै पूर्णरुपमा सकारात्मक नदेखिएको हुँदा दुवै पक्षबाट पीडित बनेका द्वन्द्वपीडित परिवारलाई एकै ठाउँमा राखेर मेलमिलापमार्फत् सकारात्मक बन्नुपर्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।

सहिद तथा द्वन्द्वपीडित परिवारलाई हेर्ने तथा रेखदेख गर्ने जिम्मेवारी सरकारको उत्तरदायीत्व भएको हुँदा स्थानीय वडा सरकारले कार्यक्रममा सहभागी हुनुभएका वडाका ३५ सहिद तथा द्वन्द्वपीडित परिवारलाई एक एक वटा छाता र एक एक वटा त्रिपाल वितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिनुभयो । वडा कार्यालयको एक लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा उत्तरहब्रहवा सिधनवा टोल विकास संस्थाले शुक्रबार र शनिबार गरी दुईदिने उक्त कार्यक्रमको आयोजना गरेको ६ नं। वडा कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...