आर्थिक मन्दीलाई चलायमान बनाउन म्याग्देमा महोत्सव

Published on

काठमाडौं । आर्थिक मन्दीले तनहुँको म्याग्दे गाउँपालिकाको व्यवसाय सुस्ताए पछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो । थर्पु युवा क्लबको आयोजनामा ‘कला र संस्कृतिको संरक्षण आर्थिक, सामाजिक, कृषि, पर्यटनको प्रवर्द्धन’ नारासहित सञ्चालन हुने महोत्सव यही जेठ २५ देखि असार २ गतेसम्म चल्ने छ । थुर्पु बजारमा व्यापार घट्दै जाँदा व्यवसायी पलायन हुने क्रम बढेको, किसानले उत्पादन गरेको समान बिक्री गर्न समस्या परेको तथा होमस्टेको प्रचारप्रसार नहुँदा पाहुना बढाउन नसकिएकाले चलायमान बनाउन महोत्सवको आयोजना गर्ने निर्णय गरिएको महोत्सवका संयोजक गौरव रानाले बताउनुभयो । रानाले भन्नुभयो, ‘‘कोभिड–१९ ले शिथिल बनाएको र हाल आर्थिक मन्दीले व्यवसायी सङ्कटमा परेकाले वर्षायाम भएपनि महोत्सव गर्ने निर्णय गरेका हौं ।’’ महोत्सवले व्यापार तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन महोत्सवले योगदान दिने आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । किसानले उत्पादन गरेको आलु बिक्री नहुँदा चिस्यान केन्द्रमा भण्डारण गरेर राख्नु परेको उदाहरण दिँदै रानाले कृषि उपज बिक्रीको समस्या टार्न महोत्सवले सहयोग गर्ने विश्वास लिइएको बताउनुभयो ।

महोत्सवमा व्यापारिक एवम् सेवामूलक उद्देश्यका एक सय वट स्टल राखिने स्थानीय रैथाने सामग्री र कृषि उत्पादनलाई निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजक थर्पु युवा क्लबका अध्यक्ष नवराज हमालले जानकारी दिनुभयो । समान खरिद बिक्री हुने सांस्कृतिको संरक्षण हुने होटल रेस्टुराँमा आर्थिक कारोबार बढ्ने भएकाले महोत्सवको आयोजना गरिएको हमाल बताउनुहुन्छ । महोत्सवमा खुला एकल नृत्य प्रतियोगिता, म्याग्दे गाउँपालिका स्तरीय नृत्य प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । दुवै नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगदको व्यवस्था गरिएको छ । प्रतियोगितामा स्थानीयका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनेछ । पृथ्वी राजमार्गले बिच भागबाट छिचोलेको म्याग्देलाई प्रमुख व्यापारिक क्षेत्रको रुपमा स्थापित गर्न महोत्सव टेवा पुग्ने विश्वास लिइएको आयोजकद्वारा आइतबार दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । आर्थिक करोकारलाई चलायमान गराउन, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गर्न, म्याग्देलको भाषा, कला र संस्कृतिलाई एउटै थलोमा प्रस्तुत गर्न महोत्सव महत्त्वपूर्ण बन्ने अपेक्षा लिइएको आयोजकले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...